Home / Feature Breaking news / दाङमा पाँच जुवाडे पक्राउ

दाङमा पाँच जुवाडे पक्राउ

घोराही, २ कात्तिक

दाङमा पाँच जना जुवाडेहरु पक्राउ परेका छन् । शनिवार राति घोराही उपमहानगरपालिका वडा नम्बर १५ बाट प्रहरीले पाँच जना जुवाडेहरुलाई पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ को जनकल्याण टोलमा रहेको प्रविण खत्रीको घरमा जुवा भईरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीले १ लाख ३७ हजार ९ सय ४० र १२ थान तासको गट्टी सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमीत खड्काले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा घरधनी ३० वर्षका प्रविण खत्री, सोही ठाँउ निवासी ३५ वर्षका दिलबहादुर घर्ति मगर, ४० वर्षका हेमन्त बुढाथोकी, ४९ वर्षका भरत जिएम र २७ वर्षका गोविन्द शाह रहेका छन् । पक्राउ परेकाहरुबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*