Home / Feature Breaking news / घोराहीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

घोराहीमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

घोराही, २८ पुस

सडक मानवहरुकोलागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा घोराहीमा महायज्ञ हुने भएको छ । सडक मानव तथा सार्मजनिक स्थलहरुमा अलपत्र, बेवारिसे अवश्थामा रहेका खाना, नाना र छाना बिहिन वेवारिसे सडक मानवहरुको सहयोगार्थ माघ १७ गतेदेखी घोराहीमा ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१’ सञ्चालन हुने भएको हो ।

महायज्ञकालागि घोराहीमा भएको भेलाले माघ १७ देखी २४ गतेसम्म महायज्ञ आयोजना गर्ने निर्णय गरेको हो । साथै भेलाले चन्द्रराज पन्तको संयोजकत्वमा महायज्ञ आयोजक मूल समिति गठन गरेको छ ।

महायज्ञमा हरेक दिन योगाभ्यास, पूजा तथा पाठपारायण, कथावाचन, आरति, प्रसाद वितरण, सन्ध्याकालिन भजन कृतन, झाँकी प्रस्तुति लगायतका कार्य हुनेछ ।

घोराही उपमहानगरपालिका वडा न. १० नारायणपुरमा रहेको मानव कल्याण समाज (सेवा घर)मा हाल ४ महिना बच्चादेखी ९० वर्षको ५२ जना व्यक्तीहरु रहनुभएको छ । सेवा घरमा रहेका धेरै व्यक्तीहरु मनोरोगी (मनोसामाजिक समस्याले ग्रस्त), अपाङ्गता भएका र सुस्तमनस्थिति लगायत विभिन्न रोगले ग्रस्त रहेका छन् ।

उहाँहरुको प्रभावकारी सेवाको लागि हालसम्म नेपालीले गरेको मुठिदानबाट मात्र संचालन भैरहेको र सेवा घरको दिगो व्यवस्थापनको लागि आर्थिक स्रोत जुटाउन आवस्यक भएको हुँदा यस ज्ञान–विज्ञान महायज्ञको आयोजना गरिने सेवा घरका अध्यक्ष सुमित्रा चौलागाईले जानकारी दिनुभयो ।

यस श्रीमद्भागवत ज्ञान–विज्ञान महायज्ञमा आर्थिक सहयोगसँगै आफ्नो जन्मोत्सव, बिवाह उत्सव, ब्रतबन्ध, चौरासी, गुन्युचोली, पितृहरुको सम्झना वा यस्तै बिशेष पलहरुमा सेवा घरमा एक छाक भोजन वा कुनै विषयगत सेवा गरेर मानव कल्याण समाजलाई सहयोग गर्न सकिने उहाँले बताउनुभयो ।

भेलामा सहभागिहरुले मानव सेवा घरले दाङमा सेवा सुरु गरेपछि सडक मानवहरु देखिन छाडेको र यस अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताएका थिए । उनीहरुले यस महायज्ञलाई ज्ञानविज्ञानसँग जोडेर अगाडी बढाउनुपर्ने पनि बताएका थिए । महायज्ञको कथा वाचकमा मानव कल्याण समाजका संस्थापक अध्यक्ष देवी श्री सुमी मानव रहनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*