Home / Feature Breaking news / सिट बाँडफाँट कार्यदलको बैठक विनानिष्कर्ष टुंगियो, बुधबार फेरि बस्ने

सिट बाँडफाँट कार्यदलको बैठक विनानिष्कर्ष टुंगियो, बुधबार फेरि बस्ने

सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

बालुवाटारमा बसेको बैठक बुधबार बस्नेगरी सकिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले बैठकमा चाँडो भन्दा चाँडो आफूहरूले पाएको जिम्मेवारी पूरा गर्न कामलाई व्यवस्थित गर्नेबारे छलफल भएको बताए ।

उनका अनुसार सिट बाँडफाँटका लागि ०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र ०७९ को स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार बनाइने छ । कार्कीले सिट बाँडफाँडको टुंगो चाँडै लाग्ने पनि बताए ।

बैठक बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*