Home / Feature Breaking news / च्याउको बिउ बेचेर बार्षिक ३५ लाख आम्दानी

च्याउको बिउ बेचेर बार्षिक ३५ लाख आम्दानी

अमरराज आचार्य
दाङ, २ असार । जिल्लामा एक कृषकले वार्षिक ३५ लाखको वढीको च्याउको विउ विक्री गर्ने गरेका छन् । राप्ती गाउँपालिका वडा नं ४ मौरीघाट निवासी दोर्ण केसीले वार्षिक ३५ लाख वढीको च्याउको विउ विक्री गर्ने गरेका छन् ।

उनले २०७१ सालदेखि च्याउँको विउ उत्पादन गर्न सुरु गरेका थिए । बहुउद्देश्य कृषि तथा च्याउँ खेती फर्म स्थापना गरी च्याउको विउ उत्पादन सुरु गरेका हुन । केसीले २०६१ सालदेखि च्याउ खेतीगर्न सुरु गरेको हुन । ‘च्याउ खेती गर्दा सहज रुपमा च्याउको विउ पाउन नसकेपछि जिल्लामा च्याउको विउ उत्पादन गर्ने सोच वनाएको हु’ केसीले भने । त्यसपछि २०७१ सालमा ५० लाखको लगानीमा च्याउको विउ उत्पादन गर्न सुरु गरेको उनी बताउँछन ।

उनलाई फर्म स्थापना गर्नका लागि साना तथा मभौला कृषक वृद्धि आयोजनाले पनि सहयोग गरेको थियो । अहिले फर्मवाट वार्षिक रुपमा ४० हजार पोका च्याउको विउ विक्री गर्ने गरेका छन । उनले वार्षिक ३५ लाखको च्याउँको विउ विक्री गर्ने गरेको उनको भनाइ रहेको छ । जसवाट १५ लाख खर्च हुने गरेको छ भने बार्षिक २० लाख रुपैया वचत गर्ने गरेका छन् ।

उनले आफुसंगै ५ जनालाई रोजगारी समेत दिएका छन् । आफनो सम्पुर्ण घर खर्च समेत यसैवाट चलाउने गरेको केसी बताउछन् । उनको ५ जनाको परिवार रहेको छ । स्थापनाका सुरुका दिनमा केही चुनौती भोगेपनि आफनो कामलाई उनले निरन्तरता समेत दिदै गएका थिए । ‘च्याउको विउ उत्पादनको लागि प्राविधिक ज्ञान लिन धेरै समस्या भोगियो ’ केसीले भने । यसको वारेमा ज्ञान लिन केसी भारतसम्म पुगेका थिए । नेपालका विभिन्न स्थानमा पुगेपनि ज्ञान लिन नपाएपछि उनी भारत पुगेको उनको भनाइ रहेको छ ।

उनले उत्पादन गरेको च्याउको विउ विक्रीको कुनै पनि समस्या नभएको केसीले बताए । ‘च्याउको विउ पु¥याउन नसकिने अवस्था रहेको छ’ केसीले भने । गुणस्तरीय विउ भएकाले पनि माग वढी हुने गरेको बताए । टाढावाट ल्याउदा धुलो, धुवाले असर गर्ने तथा गाडीमा ल्याउदा समेत विग्रीने गरेकाले पनि जिल्लाको विउको माग वढी हुने गरेको उनको भनाइ रहेको छ । उनले ४ सय ग्रामको एक पोका च्याउको विउलाई ७५ रुपैयामा विक्री गर्ने गरेका छन ।

बाहै महिना नै च्याउको विउ उत्पादन गर्ने गरेको उनको भनाई छ । चिसो समयमा पढि विक्री हुने गरेको उनी बताउछन् । उनले उत्पादन गरेको च्याऊको विउ जिल्लाका साथै रोल्पा, प्युठान, सल्यान, रुकुम, कपिलवस्तु, वुटवल, बाँके, वदिया, दार्चुला, डडेलधुरासम्म जाने गरेको छ । जाडो मौसममा हुने विभिन्न जातका आइस्ट्रल च्याउ, बटम च्याउ र गर्मी मौसममा हुने दुधे च्याउको बिउ उत्पादन गर्ने गरेका छन् । गर्मीको समयमा विउ उत्पादन गर्नका लागि केही समस्या हुने गरेको उनको अनुभव रहेको छ । उनले उत्पादन गरेको च्याऊको विउ मध्य सवैभन्दा वढी कन्य च्याउको विउ विक्री हुने गरेको छ ।

च्याउको विउ उत्पादनका लागि उनले अहिले १ सय क्वीटल गहु खरिद गरेर राखेको समेत बताए । थप खरिद गर्ने सोचमा उनी रहेका छन् । केसीले विगत २२ वर्षदेखि शिक्षण गदै आएका थिए । सरकारी विद्यालयमा सहायक प्रअ भएर समेत उनले काम गरेका थिए । केही समयसम्म उनले अध्यापनसंगै व्यवसाय गदै आएका थिए । तर पछि उनले शिक्षण पेशा समेत छोडे । ‘शिक्षण पेशामा भन्दा यस पेशामा नै सन्तुष्ट छु’ केसीले भने । आफनो व्यवसायमा स्वतन्त्र हुने भएकाले समेत सहज हुने गरेको उनको भनाइ रहेको छ । उनले थालेको यस प्रकारको व्यवसायलाई उनका परिवारले समेत उनलाइ सहयोग गर्ने गरेका छन् । ‘सवैको सहयोगले नै व्यवसाय अगाडि वढाउन सजिलो भएको छ’ केसीले भने । अहिले उनीले सपल व्यावसायिको रुपमा पहिचान वनाउन समेत सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*