Home / Feature Breaking news / लखन कपमा मेघा र बडहरा बिजयी

लखन कपमा मेघा र बडहरा बिजयी

घोराही, ४ फागुन । दाङको घोराहीमा सञ्चालन भइरहेको प्रथम सहिद लखन थापा मगर कप रनिङ फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएका दुई खेलमा मेघा युबा क्लब स्काई ब्लु र बडहरा युबा क्लब बिजयी भएका छन् ।

पहिलो खेलमा मेघा युबा क्लब स्काई ब्लुले दंगाली फटबल क्लबलाई ६—३ गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो । प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा मेघा युबा क्लब स्काई ब्लुका अनमोल डाँगीले पहिलो हाफको तेस्रो मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए । त्यसको तीन मिनेटमा दंगाली फुटबल क्लबका तर्फबाट सन्तोष घर्ती मगरले गोल गर्दै बराबरी पु¥याए ।

पहिलो हाफको ३२ मिनेटमा मेघाका तर्फबाट कृष्ण पुनले १ गोल, बिशाल अधिकारीले १ र पहिलो हाफको ४३ औँ मिनेटमा अनमोल डाँगीले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई जितको सुनिश्चित गरेका थिए ।

खेलको दोस्रो हाफको १६ औँ मिनेट थप एक गोल गर्दै मेघालाई ५ गोल गरेको २४ औँ मिनेटमा मेघाका अनमोल डाँगीले ब्यक्तिगत तीन गोल गर्दै ह्याट्रिक गरेका थिए ।
दोस्रो हाफको २९ औँ मिनेटमा दंगाली फुटबल क्लबका तर्फबाट नरेन्द्र पुनले १ गोल र खेलको अन्तिम समयमा दंगालीका तर्फबाट ४५ औँ मिनेटमा सुशील चौधरीले थप एक गोल गरेपनि टिमलाई हारवाट जोखाउन सकेनन् ।

त्यस्तै शनिवार भएको दोस्रो खेलमा बडहरा युबा क्लबले ज्ञानज्योति स्पोर्टस् ट्रेनिङ सेन्टरलाई १ गोलले हराएको छ । खेलको पहिलो हाफको ३६ औँ मिनेटमा बडहराका तिर्खलाल घर्तीले गरेको गोल नै जित बनेको थियो । प्रतियोगिता अन्तर्गत आइतवार पहिलो खेल किसान जागृती युबा क्लब र राप्ती ईञ्जीनियरिङ कलेज र दोस्रो खेल नबजारण युबा क्लब र नेपाल मगर संघ घोराहीबीच हुने प्रतियोगिता ब्यबस्थापन समितिका सदस्य सचिब नरेन्द्र पुनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*