Home / समाचार / व्यवसायीलाई घाेराही चेम्बरकाे अनुराेध

व्यवसायीलाई घाेराही चेम्बरकाे अनुराेध

घाेराही, १५ असाेज

हिन्दुहरूकाे महान् पर्व विजयादशमी तथा दिपावलीकाे अवसरमा ग्राहकहरूलाई सुपथ मुल्यमा सामान उपलब्ध गराउन घाेराही चेम्बर अफ कमर्सले सम्पूर्ण व्यवसायीहरूमा अनुराेध गरेकाे छ ।

ठुला चाडपर्वकाे समयमा ग्राहकहरूले बढिमात्रामा किनमेल गर्नेहुँदा याे समयमा ग्राहकहरूकाे माग अनुसार सुपथ मुल्यमा सामानहरू विक्री गर्न घाेराही चेम्बर अफ कमर्सका अध्यक्ष मञ्जु बज्राचार्यले सम्पूर्ण व्यसायीहरूलाई अनुराेध गर्नुभयाे ।

यसका साथै याे समयमा गुणस्तरहिन खाद्यान्न एवं सामाग्रीहरू विक्री हुने गरेकाे गुनासाे पनि आउने भएकाले यश विषयमा सचेत भएर गुणस्तरयुक्त व्यवसाय गर्न पनि बज्राचार्यले व्यवसायीहरूमा अनुराेध गर्नुभएकाे छ ।
घाेराही चेम्बर अफ कमर्सले विजयादशमी एवं दिपावलीकाे अवसरमा व्यवसायीहरू लगायत सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*