Home / समाचार / पत्रकार महासंघको सदस्यता आवेदन खुला

पत्रकार महासंघको सदस्यता आवेदन खुला

घोराही, २१ म्ंसिर
नेपाल पत्रकार महासंघ दाङले नयाँ सदस्यताकालागि आवेदन माग गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको हालै सम्पन्न बैठकले महासंघको प्रदेशसभा निर्वाचन २०७४ सालभित्रै गरिने निर्णय गरेको र प्रदेशसभा निर्वाचन अगावै नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरेको हुँदा महासंघको विधान–२०६० (चौथो संशोधन २०७३ं) को धारा ५ को उपधारा (१) बमोजिम प्रक्रिया पुगेका आवेदनहरू २०७४ पौष २६ गतेसम्म घोराही स्थित महासंघको शाखा कार्यालयमा दर्ता गर्न जिल्ला शाखाले आग्रह गरेको छ ।

FNJ DAng

नयाँ सदस्यताका लागि शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपी, नियुक्तिपत्रको प्रमाणित प्रतिलिपि, अनुभव खुल्ने सिफारिस पत्र, नागरिकताको प्रमाणित प्रतिलिपि, गएको वर्षमा प्रसारित÷प्रकाशित समाचारको प्रतिलिपि आवश्यक रहेको महासंघका जिल्ला अध्यक्ष सविन प्रीयासनले जानकारी दिनुभयो ।

यस्तै, महासंघ दाङले सदस्यता नविकरणकालागि सम्पूर्ण सदस्यहरुलाई अनुरोध गरेको छ । नेपाल पत्रकार महासंघको विधान २०६० (चौथो संशोधन २०७३) को धारा २ को (ख) बमोजिम हरेक वर्ष सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था रहे बमोजिम पुराना सदस्यहरुले पनि आफनो सदस्यता नविकरणका लागि पुस २६ गतेसम्म महासंघको कार्यालयमा शुल्क सहित नविकरण गर्न महासंघ दाङले अनुरोध गरेको छ ।

साथै, नयाँ सदस्यता दर्ताका लागि दुई सय रुपैया निवेदन शुल्क तथा सदस्यता नविकरणका लागि महासंघको विधान बमोजम एक हजार रुपैया लाग्ने पनि उहाँले जानकारी दिनुभयो । जसकालागि पत्रकार महासंघबाट प्राप्त परिचयपत्रको फोटोकपी, कार्यरत संस्थाको परिचयपत्रको फोटोकपी र गएको वर्षमा प्रसारित÷प्रकाशित समाचारको प्रतिलिपि आवश्यक पर्ने सचिव भुपेन्द्रप्रकाश वलीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*