Home / समाचार / डब्लुएचओको चेतावनी : लकडाउन चाँडै हटाउनु घातक

डब्लुएचओको चेतावनी : लकडाउन चाँडै हटाउनु घातक

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले लकडाउनसहितका प्रतिबन्धहरु चाँडै हटाउदा संक्रमणको पुनरावृत्ति हुने चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले नियमित पत्रकार सम्मेलनका क्रममा लकडाउनसहितका प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा प्रत्येक देश सचेत हुनुपर्ने बताएका हुन् ।

प्रतिबन्धले आर्थिक समस्या ल्याएपनि त्यसले मानव जीवनको रक्षा गरिरहेको उनको भनाइ छ । डब्लुएचओले विश्वका सरकारहरुसँग जारी प्रतिबन्धहरु फुकुवा गर्ने वा खुकुलो पार्ने सम्बन्धमा रणनीति बनाइरहेको छ ।

महानिर्देशक टेड्रोसले पछिल्ला दिनमा युरोपमा महामारी केही कम भएको देखिएको बताए । स्पेन र इटालीमा निर्माण तथा औद्योगिक उत्पादन क्षेत्रका केही कामहरु सोमबारदेखि सञ्चालन गर्ने तयारी छ । त्यसले थप जोखिम निम्त्याउन सक्ने भन्दै डब्लुएचओले सचेत गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*