दाङ, १४ फागुन ।
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र नं २ ख को बैठक सम्पन्न भएको छ । बैठकले गिरवहादुर वस्नेत, भोला वुढाथोकी, रमेश रोका, रेशमीराज खड्का, शोभा न्यौपानेललाई कार्य समिति सदस्यमा मनोनयन गरेको छ ।
त्यस्तै बैठकले आमन्त्रित सदस्यमा पुर्णवहादुर रोका, रमा डाँगी, टिकाराम केसी, शोभाराम चौधरी, लौटन चौधरी, तुलसा थापा, लोकबहादुर खत्री, अम्मर बुढा, हिमलाल डाँगी, लिला वुढाथोकीलाई मनोनयन गरेको छ ।
बैठकले सल्लाहाकारमा विष्णुप्रसाद दाहाल, देवराज लामिछाने, चुडामणि धिताल, होमवहादुर शेरचन, कुमोदप्रसाद शर्मा र निर्मल न्यौपानेलाई चयन गर्ने निर्णय गरेको छ । बैठकले नीति अनुसन्धान तथा प्रशिक्षण विभागको संयोजकमा समितिका उप सभापति शरद समीपलाई चयन गर्ने निर्णय गरेको छ । बैठकले कार्यालय व्यवस्थापनमा सहयोग गर्ने सबैमा धन्यवाद दिएको छ । बैठक प्रदेश सभा क्षेत्र नं २ ख का सभापति अभियान वस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । ।