घोराही, १४ भदौ
सामुदायीक प्रहरी सेवा केन्द्र दाङले लैगिक हिंसा विरुद्धको सचेतना कार्यक्रम मवि झिङ्नीमा सम्पन्न गरेको छ । कन्द्रले सामाजिक विषयमा सचेतना कार्यक्रमहरु अन्तरगत मावि झिङ्नीमा लैगिक हिंसा विरुद्धको सचेतना कार्यक्रम गरेको हो ।
सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक कृष्णराज अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक धनदेव साउदले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा उहाँले लैंगिक हिंसा भनेको केहो, लैंगिक हिंसा हुनुका कारण, लैंगिक हिंसा गर्नेलाई कानुनी नियम लगायतका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा १ सय भन्दा धेरै विद्यार्थी एवं अभिभावकहरुको सहभागिता रहेको थियो ।
केन्द्रका कोषाध्यक्ष कैलाश रोकाम मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सहसचिव कुलबहादुर घर्तिले गर्नुभएको थियो ।