Home / Feature Breaking news / आज मोहम्मद जयन्ती, मुस्लिम समुदायलाई सार्वजनिक बिदा

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायलाई सार्वजनिक बिदा

आज मुस्लिम समुदायले मोहम्मद जयन्ती मनाउँदैछन् । मोहम्मद जयन्ती १४९६ को अवसरमा सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्‍त्रिपरिषद् बैठकले आज मुस्‍लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल–अल्लाहो अलैहे वसल्लमको शुभ जन्मोत्सवलाई मुस्लिम धर्मावलम्बीले विशेष दिनको रूपमा मनाउने गरेका छन् । साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका संस्थापक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*