Home / Feature Breaking news / घोराही–५ दलजितपुरमा अस्थायी प्रहरी चौकी स्थापना

घोराही–५ दलजितपुरमा अस्थायी प्रहरी चौकी स्थापना

दाङ,२५ फागुन । घोराही उमपहानगरपालिका वडा नं. ५ को दलजितपुरमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । जनताको माग अनुसार वडा कार्यालयले माग गरेपछि जिल्ला सुरक्षा समितिले दलजितपुरमा अस्थायी प्रहरी चौकी स्थापना गरेको हो ।

स्थापना भएको अस्थायी प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरीको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिका वडा नं. ५ दलजितपुरमा स्थापना भएको अस्थायी प्रहरी चौकीको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव प्रहरी उपरिक्षक सुरेश काफ्लेलगायतका अतिथिहरुले गरेका थिए ।
अस्थायी प्रहरी चौकी दलजितपुरको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ग्रामीण क्षेत्रमा जनतालाई शान्ति सुरक्षा कायम गर्न अस्थायी प्रहरी चौकीले भूमिका खेल्ने बताए । विकास निर्माणसँगै जनतालाई ढुक्कसँग जीवनयापन गर्नका लागि शान्ति सुरक्षाको प्रत्याभूती आवश्यक रहेको भन्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले त्यसका लागि प्रहरीले विशेष भूमिका खेल्ने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव प्रहरी उपरीक्षक सुरेश काफ्लेले जनताको सुरक्षासँगै अपराधमुक्त समाज निर्माणका लागि जनतासँग सहकार्य गर्न प्रहरी ग्रामीण क्षेत्रमा आईपुगेको बताए । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले धर्नामा अस्थायी प्रहरी स्थापना भएसँगै शान्ति सुरक्षासँगै समाजमा जुवा,तास, भैmझगडासँगै अवैध मदिरा नियन्त्रणमा सहयोग पुग्ने बताएका थिए ।

वडा अध्यक्ष बिष्णुमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस वडा नं. ५ का उपसभापति मानसिङ पछाई, नेकपा एमालेका वडा अध्यक्ष पोषन नेपाली,नेकपा माओवादी केन्द्रका अध्यक्ष नुमबहादुर केसी, एकिकृत समाजवादीका डिल्ली नेपाली, राप्रपाका जुद्ध बहादुर केसी, राष्ट्रिय जनमोर्चाका सुर्यलाल नेपालीललगायतले बोलेका थिए ।

घोराही उपमहानगरपालिका–५ का वडा सदस्य तुलसी कुमारी खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव बलदेव बस्नेतले गरेका थिए । अस्थायी प्रहरी चौकी गाउँमै स्थापना भएपछि स्थानीयबासी हर्षित भएका छन् । गाउँको शान्ति सुरक्षा र अमन चयनमा थप टेवा पुग्ने स्थानीयले विश्वास लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*