Home / Feature Breaking news / लागुऔषधविरुद्ध सचेतना कार्यक्रम

लागुऔषधविरुद्ध सचेतना कार्यक्रम

दाङ, २३ फाल्गुन
सामुदायिक प्रहरी सेवा केन्द्र दाङको आयोजनामा लागु औषध दुव्र्यशनविरुद्धको सचेतनामूलक कार्यक्रम बराह क्षेत्र मावि सेवार बनगाँउमा सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ को सहयोग र सामुदायिक सेवा केन्द्रको आयोजनामा लागुऔषध दुव्र्यसन विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, युवा क्लब, आमा समूहका प्रतिनीधीहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई सामुदायिक सेवा केन्द्रका सदस्य एवं लागुऔषध विरुद्धको अभियान्ता बस्नत पुनले लागुऔषधका बारेमा जानकारी गराउनुभएको थियो भने यसका लक्षणहरु, र प्रहरी सहायक निरिक्षक सौजन्य डाँगीले लागु औषध विरुद्ध भएका कानुनी व्यवश्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष कृष्णा रानाको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्तिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले लागुऔषध दुव्र्यसन नियन्त्रणकालागी शिक्षक, विद्यार्थी, अभिभावकहरु सचेत हुनुपर्ने बताएका थिए ।

हरेक विद्यालय र विद्यार्थीहरुका अभिभावकहरुलाई लागुऔषध विरुद्धमा सचेत बनाउन आवश्यक रहेको उनीहरुलको भनाई थियो । सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव आर.के.शीतलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञाननाथ योगी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर चौधरी, नेपाल महिला सामुदायिक सेवा केन्द्रका सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण सामुदायिक प्रहरी सेवा केन्द्रका सह–सचिव के.वि घर्तिले गर्नुभएको थियो ।

सचेतना कार्यक्रम अन्तरगत शुक्रवार घोराही उपमहानगरपालिका वडा नम्बर १३ को बराहक्षेत्र मन्दिरमा कार्यक्रम गरिने कार्यक्रम संयोजक केवि घर्तिले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*