Home / Feature Breaking news / केपी ओलीमा सद्बुद्धि पलाओस् : माधव नेपाल

केपी ओलीमा सद्बुद्धि पलाओस् : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली ठूलो खेलाडी रहेको टिप्पणी गरेका छन् ।

आज चन्द्रागिरिमा पत्रकारसँग कुरा गर्दै उनले ठूला खेलाडी ओलीले आफूलाई खेलाउन नसकेको दावी गरे ।  उनले ओलीलाई सुध्रन आग्रह गरे । नेपालले ओलीमा सद्बुद्धि पलाओस् भन्दै कामना पनि गरे ।

“केपी ओली सुध्रनुस् । मैले किन नराम्रो भन्नु । उहाँमा सद्बुद्धि पलाओस् । राम्रो बाटोमा सबै अघि बढ्नु । सुसंस्कृत र सभ्य बनुन्,” उनले भने ।

उनले आफूहरुले निर्वाचन आयोगमा नयाँ पार्टीका लागि केन्द्रीय कमिटी र सांसद दुवैतिरबाट २० प्रतिशत पुर्‍याउने बताए ।

आयोगले प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदलाई सनाखतको लागि बुधबार आयोगमा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*