Home / Feature Breaking news / पहिरोले दुई जनाको मृत्यु
प्रतिकात्मक फाईल तस्वीर

पहिरोले दुई जनाको मृत्यु

रूकुम पश्चिमको बाँफीकोट गाउँपालिका-७ बास्थलास्थित पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । घाँस काट्न जाने क्रममा स्थानीय ४५ वर्षीया धनमाया खत्री र ४४ वर्षीय रकाली बहादुर खड्काको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गाउँ नजिकै पोखरपारी भीरमा घाँस काट्न गएका उनीहरूको पहिरोले च्यापिएर आइतबार अपराह्न ४ बजेतिर मृत्यु भएको हो ।

उनीहरूसँगै रहेकी ४२ वर्षीया बल कुमारी खत्री भने घाइते भएको प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार घाइते खत्रीलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*