Home / Feature Breaking news / वडा तहबाट हुने काममा जनतालाई दुःख नदिन कांग्रेसको वडा अध्यक्षलाई आग्रह

वडा तहबाट हुने काममा जनतालाई दुःख नदिन कांग्रेसको वडा अध्यक्षलाई आग्रह

दाङ, २३ माघ ।
वडा तहमा जनतालाई दुःख नदिएर सहज ढंगबाट काम गर्ने बातावरण मिलाउन नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–८ वडा इकाइ समितिले माग गरेको छ ।
कांग्रेस वडा इकाइ समितिले सोमवार वडा कार्यालयमा पुगेर उपभोक्तालाई परेको समस्या समाधान गर्दै सहज रुपमा वडाबाट सेवा लिने वातावरण मिलाउन समेत माग गरेको हो ।

जनताको जनप्रतिनिधिका रुपमा रहेका वडा अध्यक्षले वडा तहबाट संचालित हुने हरेक आयोजनाहरुमा बजेट बाडफाड गर्दा आवश्यकता र औचित्यका आधारमा बाँडफाँड गर्नेभन्दा पूर्वाग्राही रुपमा बजेट बाडफाड गर्ने गरेको भन्दै त्यसो नगर्दा समेत आग्रह गरेको छ ।

नेपाली कांग्रेस घाेराही उपमहानगरपालिका ८ का सभापति कुलप्रसाद रजाैरे (श्रवण) कमे नेतृत्वमा गएकाे टाेलीले वडाबाट स्वीकृत योजनाहरु कार्यान्वयन गर्दा उपभोक्ताहरु समितिहरुबाट स्थानीय तहको नियमबाट कटी गरिने रकमको अतिरिक्त १ प्रतिशत रकम माग गर्ने गरेको भन्ने जनगुनासो आम उपभोक्ताहरु समितिहरुबाट आएकाले उक्त रकम समेत बन्द गर्न आग्रह गरेको छ ।

उपभोक्ताहरु समितिबाट माग भएका स्वीकृत योजनाहरुको सिफारिस माग गर्ने जादा निसर्त र भेदभावरहित ढंगबाट गर्न समेत नेपाली कांग्रेस घोराही उपमहानगरपालिका–८ वडा इकाइ समितिले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*