Home / समाचार / नगर विकास समितिद्धारा सम्पति संरक्षण गर्न शुरु

नगर विकास समितिद्धारा सम्पति संरक्षण गर्न शुरु

शरद रेग्मी
तुलसीपुर, १९ साउन
तुलसीपुर नगरविकास समितिले आफ्नो स्वामित्वमा रहेको सम्पति संरक्षण र अभिलेख गर्न शुरु गरेको छ । समितिका नवनिर्वाचित अध्यक्ष यज्ञ वहादुर के.सी.ले आज नगरविकास समितिका पूर्व अध्यक्षहरु संग बैठक बोलाएर काम शुरु गरिएको वताइएको वताउनु भएको छ ।
समितिका अध्यक्ष के.सी.ले पूर्व अध्यक्ष, संस्थापक सदस्य तथा विभिन्न कार्यालयका प्रमुखहरु संगको छलफल पछि आज देखि नै विभिन्न कामहरुको शुरुवात गरिएको जानकारी दिनु भएको छ ।
त्यस्तै तुलसीपुरमा रहेको एक मात्र खेल मैदान अरनिको मैदानको स्तर उन्नति र संरक्षण गर्ने काम पनि शुरुवात गरिएको छ । तिन स्थानमा च्यानल गेट निर्माण थालिएको छ । त्यस्तै अरनिको मैदान सफा र त्यसको हेरफेर गर्न एक सहयोगीको समेत व्यवस्था मिलाइएको छ ।
त्यसै गरी समितिले स्थानिय तहको समन्वयमा शहरी विस्तारका वारेमा पनि अध्ययन थाल्ने भएको छ ।

त्यसै गरी समितिले आफ्नो स्वामित्वमा रहेका सम्पतिको अभिलेख तयार पार्न छिटैृ एक कार्यदल समेत गठन गर्ने तयारी गरेको अध्यक्ष के.सी.ले जानकारी दिनु भयो ।
त्यसै गरी नगरविकास समितिका पूर्व अध्यक्षहरुको अभिलेख तयार गरी कार्यलयमा विवरण संकलन गर्ने तयारी गरिएको छ । बैठकमा संस्थापक सदस्य सचिव वामदेव शर्मा, संस्थापक मेयर शंकर प्रसाद आचार्य, पूर्व अध्यक्षहरु राममणि न्यौपाने, इन्द्रजित चौधरी, कृष्ण गोपाल गुप्ता , चुर्ण नेपाली, राजन खड्का लगायतको सहभागिता रहेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*