Home / समाचार / एसईइको पुरक परिक्षाको अग्रेजी विषयमा ३ सय विद्यार्थी सहभागी

एसईइको पुरक परिक्षाको अग्रेजी विषयमा ३ सय विद्यार्थी सहभागी

घोराही, १९ साउन
माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०७३ को पूरक परीक्षा आजदेखि सुरु भएको छ । परीक्षामा डेढ लाख विद्यार्थी सहभागी भएका परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा भएको छ । परीक्षा आउँदो बिहीबारसम्म चल्नेछ । नियमित तथा एक्जेम्टेड समूहबाट परीक्षामा सम्मिलित भएर सी, डी प्लस र इ ग्रेड ल्याएका परीक्षार्थीलाई ग्रेडवृद्धिका लागि भन्दै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पूरक परीक्षा लिएको हो ।
दाङमा आव विहीवार तीन सय विद्यार्थी परिक्षामा सहभागी भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । पहिलो दिन भएको अंग्रेजी विषयको परिक्षाका लागि तीन सय ८८ जनाले फारम भरे पनि तीन सय जना सहभागी भएका हुन् । जिल्ला शिक्षा कार्यालय दाङले घोराहीमा एसईई परिक्षा सञ्चालनका लागि छ वटा परिक्षा केन्द्र तोकेको जिल्ला शिक्षा कार्यालय दाङले जानकारी दएको छ
दाङबाट पुरक परिक्षाका लागि तीन हजार चार सय २८ जनाले परिक्षा फारम भरेका छन् । नियमित तथा एक्जेम्टेड समूहबाट परीक्षामा सहभागी भएर सी, डी प्लस र इ ग्रेड ल्याएका विद्यार्थीलाई ग्रेडवृद्धिका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले पूरक परीक्षाको ब्यबस्था गरेको हो । साउन २६ गतेसम्म सञ्चालन हुने परिक्षामा दाङलगायत देशभरबाट करिव एक लाख पचास हजार विद्यार्थीले परिक्षामा सहभागी हुने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*