घोराही, १९ साउन
दाङमा प्रदेश स्तरीय सुबिधा सम्पन्न क्रिकेट प्रशिक्षण केन्द्र बनाउन आवश्यक जग्गा व्यस्थापनको माग राख्दै आज दाङ क्रिकेट संघले घोराही उप महानगरपालिका– १५ का अध्यक्ष रमेश कुमार पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ ।
संघ का अध्यक्ष प्रदिप मजगैयाद्वारा हस्ताक्षेरित ज्ञापनपत्रमा ‘प्रदेश नं ५ को राजधानीको सम्भावना बोकेको घोराही क्षेत्रमा निकट भविष्यमा यस जिल्ला क्रिकेट संघले सुबिधा सम्पन्न प्रदेश स्तरीय क्रिकेट प्रशिक्षण केन्द्र खोल्ने योजना बनाएकोले यस वडाको संवेदनशील सहयोग आवश्यक छ’ लेखिएको छ– ‘गुणस्तरीय खेलाडीहरु उत्पादन गर्न सुविधा सम्पन्न क्रिकेट प्रशिक्षण केन्द्रको महत्वपुर्ण भूमीका हुने भएकोले यस १५ वडा भित्र क्रिकेट प्रशिक्षण केन्द्र निर्माणको लागि जग्गा व्यस्थापन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।’ दाङको क्रिकेट क्षेत्र राष्ट्रमै गौरवपूर्ण स्थानमा रहेको छ भने हाल सम्म जिल्लाबाट धेरै अन्तराष्ट्रिय खेलाडी उत्पादन भैसकेको छन् ।
जिल्लामा क्रिकेटको धेरै सम्भावना र उत्साह भएपनि खेलमैदान, खेल अभ्यास गर्ने ठाउँ, क्रिकेट प्रशिक्षक, क्रिकेट प्रशिक्षण केन्द्र नभएकोले सोचेजस्तो खेलाडीहरु उत्पान गर्न नसकेको अध्यक्ष मजगैयाले बताउनु भएको थियो । ज्ञापन पत्र बुझ्दै अध्यक्ष रमेश कुमार पाण्डेले खेल क्षेत्रको बिकास र लगानीमा प्रतिबद्ध रहेको बताए ।
खेलाडीहरुको सम्भाबना र आबस्यक पूर्वाधार निर्माणका लागि निति र बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए। आफुपनि क्रिकेट संघ संग लामो समय आवध्द भएको र क्रिकेटको सबै समस्या बुझेकोले आगामी दिनमा क्रिकेटको बिकासको लागि सक्दो सहयोग गर्ने जनाएका थिय। सो अबसरमा घोराही नगर बिकासका नवनिर्वा्चित अध्यक्ष बसन्त चौधरी, र घोराही उपमहानगरपालिकाका कार्यकारी कृष्ण प्रसाद सापकोटा लगायतले क्रिकेट प्रशिक्षण केन्द्र बनाउन आवस्यक जग्गा व्यस्थापन गर्न सकिने बताएका थिए ।
क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँ, सल्लाहकारहरु सबिन प्रियासन र कैलास रोका उपाध्य अशोक रोका, सदस्य मिनेश श्रेष्ठ लगायतको टोलीले ज्ञापनपत्र बुझाएको थियो । क्रिकेट संघले प्रदेश स्तरीय रंगशाला, क्रिकेट मैदानको निर्माण लागायतका माग राखी पुर्व खेलकुद मन्त्री दलजित सेर्पाईली, पूर्व अर्थ मन्त्री कृष्णबहादुर महरा, घोराही, लमही, तुलसीपुरका नगर प्रमुखहरु लगायत सरोकारवालाहरुलाई ज्ञापनपत्र बुझाईसकेको छ ।
RaptiSandesh RaptiSandesh