Home / Feature Breaking news / अफगानिस्तानबाट २९२ नेपाली स्वदेश फर्किए

अफगानिस्तानबाट २९२ नेपाली स्वदेश फर्किए

काठमाडौं । अफगानिस्तानको पछिल्लो घटनापछि २९२ जना नेपाली स्वदेश फर्किएका छन् । अध्यागमन विभागका अनुुसार मंगलबार १ सय २७ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानमा रहेको नेपालीहरूलाई कुबेत हुँदै स्वदेश ल्याइएको हो ।

अफगानिस्तानमा कार्यरत नेपालीहरूमध्ये १ सय ६५ जना यसअघि नै स्वदेश फर्किइसकेका थिए । स्वीकृती पाएर अफगानिस्तानमा कार्यरत अझै धेरै नेपाली उद्धारको पर्खाइमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*