Home / Feature Breaking news / दाङका थप २ जनामा कोरोनाको संक्रमण

दाङका थप २ जनामा कोरोनाको संक्रमण

दाङ,१५ जेठ । दाङमा थप २ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा देउखुरीको गढवा गाउँपालिका निवासी दुुई जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टि भएका गढवा गाउँपालिका–१ का २८ बर्षीय र २ का ४१ बर्षीय पुरुषहरु रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन ।

त्यस्तै कपिलबस्तुका ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमा कपिलवस्तु जिल्ला बिजयनगर गाउँपालिका–२३ र ३० बर्षीय दुई पुरुष, बिजयनगर–५ का २६ बर्षीय एक पुरुष र सोही गाउँपालिका वडा नं. ७ का १७, ३७, ३९, ४०, ४३ र ५३ बर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको रजिष्ट्रार देवले जानकारी दिएका छन ।

प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा परिक्षण स्वाव परिक्षण गरिएका १५३ वडा नमूना स्वावमा ११ जनामा कोरोना संक्रमण देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*