Home / Feature Breaking news / घोराही र तुलसीपुर बसपार्कमा यात्रु सहायता कक्ष

घोराही र तुलसीपुर बसपार्कमा यात्रु सहायता कक्ष

दाङ,१३ असोज । चाडपर्वको समयमा यात्रुहरुको सहजताका लागि दाङ प्रहरीले जिल्लाका घोराही र तुलसीपुर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । बिजया दशमी तथा दिपावली पर्वलाई मध्यनजर गर्दै प्रहरीले बढि भिडभाड हुने घोराही बसपार्क र तुलसीपुर बसपार्कमा यात्रु सहायता कक्षा स्थापना गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चाड पर्वको समयमा अप्ठेरोमा परेका यात्रुहरुरुलाई सहायतासँगै यात्रुहरुले गुनासो तथा समस्या सडकबाटै तत्काल समाधान गर्ने उद्देश्यले बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन ।

बस पार्कमा धेरै यात्रुहरु समस्यामा पर्ने भएकाले विगतमा बर्षहरु जस्तै यो बर्ष पनि प्रहरीले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यात्रुहरुलाई सुरक्षित गन्तव्य स्थलसम्म पु¥याउन यात्रु सहायता कक्षमा रहेका प्रहरीहरुले सहयोग गर्ने समेत प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*