Home / समाचार / तुलसीपुरको सरसफाई अभियान सबै वडामा शुरु हुने

तुलसीपुरको सरसफाई अभियान सबै वडामा शुरु हुने

शरद रेग्मी
तुलसीपुर, १९ साउन
्तुलसीपुरलाई सफा र हरितगरका रुपमा विकास गर्ने लक्ष्यका साथमा सञ्चालनमा आएको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर अभियानले थालेको साता व्यापी कार्यक्रम आज विहिवार तेश्रो दिनको कार्यक्रम सम्पन्न गरिएको छ ।
आज तुलसीपुर उपमहानगरका जनप्रतिनिधिहरु संग तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सरसफाई अभियानका संयोजक विमल रिजालको अध्यक्षता एवं उपमेयर माया आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथि आचार्यले सरसफाई अभियान १९ वटै वडा कार्यालयवाट एकैै साथ शुरुवात गर्नु पर्ने वताउनु भयो । उहांले नगर सफा गर्नका लागि वडाहरु अनिवार्य रुपमा सफा र हरियाली वनाउनका लागि सबैले सहयोग गर्नु पर्ने वताउनु भयो ।
सो अवसरमा तुलसीपुर १९ वटै वडाका जनप्रतिनिधिहरुले सरसफाई सम्वन्धी कार्ययोजना वनाएर अघि वढ्ने वताएका थिए । उनीहरुले क्लीन तुलसीपुर ग्रिन तुलसीपुरको अवधारणा अनुसार आफूहरु फोहोर व्यवस्थापन र सरसफाई लाई अगाडी वढाउन लागि पर्ने समेत धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न राजनितिक दल, संघ संस्था ,तथा कार्यालय का प्रमुख एवं प्रतिनिधिहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
५० औ हप्ताको उत्साहपुर्ण सफलतासँगै संघले सरसफाइ सम्वन्धि विभिन्न कार्यक्रम गर्न शुरु गरेको हो । जस अन्तरगत भोली शुक्रवार चित्रकला, वक्तृत्वकला लगायतका कार्यक्रमहरु गर्ने तयारी भैरहेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतले जानकारी दिनु भयो । संघका वरिष्ठ उपाध्यक्ष राम प्रसाद चालिसेले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको संचालन महासचिव रुप वहादुर खत्रीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*