नेपाली संगित क्षेत्रमा युवाहरुको रोजाई बनेका दुर्गेश थापाको नयाँ गीत बजारमा आएको छ । नेपाली संगित क्षेत्रमा नयाँ शैली ल्याएर दर्शकमाझ लोकप्रीय मानिएका गायक थापाको नयाँ गित बजारमा आएसँगै युवाहरुको रोजाई बनेको छ ।
मोडल बाट सांगितिक क्षेत्रमा आएका दुर्गेश पछिल्लो समयमा गायकको रुपमा स्थापीत भईसकेका छन् । गायनसँगै उनलाई सांगितिक कार्यक्रम एवं महोत्सवहरुमा भ्याईनभ्याई छ ।
थापाले अभियन गरेको नयाँ गित ‘जानुमैया देउ न के दारु’ बोलको गितको म्यूजिक भिडियो बजारमा आएको छ । ‘तिमी मै लोभिन्छन् बाटोका सवार, मेरो दिलमा राज गर्ने तिमी मेरी यार, जानुमैया देउ न के दारु’ बोलको गितमा अभिनय गरेका दुर्गेशको गित अहिलेको चर्चीत गित बनेको छ ।
यस गितमा प्रीजन के ट्रलीको शब्द, संगित र स्वर रहेको छ भने अजय रेग्मीको क्यामरा, क्रान्ती केसीको निर्देशन एवं सम्पादन रहेको म्यूजिक भिडियोमा दुर्गेश थापा र स्मृति श्रेष्ठको अभिनय रहेको छ । यो भिडियोमा दुर्गेशको अभिनयले पनि धेरैको रोजाई बनेको छ ।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः