Home / Feature Breaking news / बन्दले दाङको जनजीवन प्रभाबित

बन्दले दाङको जनजीवन प्रभाबित

दाङ,५ बैशाख । नेत्रविक्रम चन्द्र (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको बन्दले जनजीवन प्रभाबित बनेको छ ।

सरकारले आफुहरुमाथि दमन गर्न खोजेको आरोपमा बिहीबार गरेको बिप्लवको बन्दले लामो तथा छाटो दुरिका सवारीसाधनहरु सञ्चालन हुन सकेका छैनन् । जसले यात्रुहरु एकठाउँबाट अर्को ठाउँमा यात्रुहरु पुग्न सकेका छैनन् ।

जिल्लाका आमशिंक रुपमा केही मोटरसाईकल तथा अटोरिक्साहरु चलेपनि अन्य कुनै पनि सवारी साधान चल्न सकेका छैनन । त्यस्तै बजार बन्दा हुँदा किनमेल गर्न आउनेहरु समेत मारमा परेका छन् । बन्द साँझ ५ बजेपछि खुल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*