घाेराही, २४ साउन
लाेककुमारी रिजाल स्मृति पुरस्कारबाट पत्रकार जनक नेपाली सम्मानित भएका छन् ।
स्वर्गीय लाेककुमारी रिजालकाे दाेस्राे स्मृति सभाकाे अवसरमा नेपालीलाई पुरस्कार प्रदमन गरिएकाे हाे । प्रेस संगठनकाे अायाेजनामा भएकाे कार्यक्रममा पत्रकार नेपालीलाई नगद पाँच हजार सहित पुरस्कृत गरिएकाे हाे ।
प्रेस चाैतारीका अध्यक्ष जे.एन सागरकाे अध्यक्षता एवं प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा नेकपाकम जिल्ला सचिव सुवास पुन, प्रेस स्वतन्त्रता सेनानी सुशील गाैतम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सुदीप गाैतम, पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष के.वि मसाल, प्रेस युनियन दाङका अध्यक्ष सन्ताेष सुवेदी, स्वर्गीय लाेककुमारी रिजालकाे छाेरा अर्जुन रिजाल, गणेश रिजाल लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।
प्रेस सेन्टर दाङका कार्यवाहक अध्यक्ष प्रकाश चाैधरीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण प्रेस सेन्टरका जिल्ला सचिव पाण्डव शर्माले गर्नुभएकाे थियाे ।