घोराही, ४ फागुन
दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा जारी महोत्सवमा सोमवार दंगाली गायिका भूमीका गिरीको प्रस्तुति रहने भएको छ ।
‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा सोमवार गायिका भूमीका गिरीको प्रस्तुति रहने छ ।
पछिल्लो समयमा स्टेच क्वीनको रुपमा पहिचान बनाउनुभएकी गायिका गिरीको सोमवार प्रस्तुति रहने महोत्सव आयोजक मूल समितिले जानकारी दिएको छ । लोक संस्कृतिको संरक्षणका लागि गुन्यो चोलीमा स्टेच प्रस्तुति दिने गिरीले पछिल्लो समय महोत्सवहरुमा व्यस्त र दर्शकहरुले रुचाएको गायिका हो ।
‘चोली मैलै भो मैले तिमीलाई नभन्या मात्रै हो, मन प¥या पहिलै हो, देउरालीमा पर्खीबसे आएनौ माया छाति चर्कियो मनै धर्कियो, हङकङको चुरोट गोरखपुरको सलाई छेउमा बस्न सर्म लाग्यो झिमझिम गर्ने नसालु आँखैमा लुकाईराख मलाई, सरर आउ माया मिनी बस चढेर आउ माया, तिहुन मिठो बनायो चुकैले’ लगायतका दर्जनौ गीतहरु हिट छन् ।
सोमवार गिरीसँगै गायक खुमन अधिकारी, सिर्जना खत्री लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ ।
महोत्सवमा प्रवेशकालागि प्रतिव्यक्ती १ सय, विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा ८०, अशक्त, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको टिक व्यवस्थापन उपसमितिका संयोजक माधव खनालले जानकारी दिनुभयो । महोत्सवमा २ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको कारोबार गर्ने लक्ष्य रहेको छ ।