Home / मनोरञ्जन / भगीरथको ‘झलमल झलमल’ लोकप्रीय बन्दै

भगीरथको ‘झलमल झलमल’ लोकप्रीय बन्दै

शंकर के सी
सल्यानी चर्चीत लोकदोहोरी गायक भागीरथ चलाउनेले यसवर्षको तीज गीत ‘झलमल झलमल’ बजारमा ल्याएका छन् । पछिल्लो समय तीज गीतमा विकृति बढ्दै गइरहेको आरोप आइरहेको बेला गायक चलाउनेले तीज गीत ‘झलमल झलमल’ बजारमा सार्वजनिक गरेका छन् ।

002

तिर्सना म्युजिक प्रालि मार्फत बजारमा आएको यस गितमा चलाउनेलाइ सुनिता अधिकारीले साथ दिएकी छिन् । चलाउने र अधिकारीको सुरिलो स्वरमा तयार गरिएको गीतमा चर्चीत गायक रामजी खाँड र अञ्जली अधिकारीको नृत्यले झन् दर्शकको मन सजिलै संग तानेको छ । युट्युवमा पनि राम्रै भ्यू पाइरहेको तीज गीत ‘झलमल झलमल’ विगतका वर्षहरुमा झै यसपाली पनि दर्शक श्रोताहरुले मन पराइदिनेमा गायक चलाउने ढुक्क रहेका छन् । लय तथा शव्द निर्माणमा पनि पोख्त रहेका चलाउनेको यस गीतमा पनि आफ्नै शव्द र लय छ । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् ।

001

लोक गीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाइसकेका चलाउनेले यो भन्दा पहिलेका तीजमा पनि नरिसाउन कान्छु, मलाई फुर्सद हुदैन तीज भरी, हिरो जस्तै बनेर बोलका चर्चीत गीतमा स्वर दिईसकेका छन् । जुन गीतहरु चर्चीत गीत हुन् ।

भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*