Home / Feature Breaking news / मतदाता भेटघाटमै व्यस्त तारा डिसी

मतदाता भेटघाटमै व्यस्त तारा डिसी

घोराही, ५ मंसीर

मंंसीर १४ गते हुने उपनिर्वाचनकालागि घोराही १६ मा अध्यक्षका उमेद्वार ताराबहादुर डिसी मतदाता घेटघाटमै व्यस्त छन् ।

नेपाली कांग्रेसको तर्फबाट उमेद्वार बनेका डिसीले विहीवार सर्रा, मघै लगायतका गाँउमा पुगेर मतदाताहरुसँग भेटघाट गरेका छन् । मतदाताहरलाई भेट्नकालागी घरसम्म पुगेका डिसीलाई वडाबासीहरुले आफूहरुका समस्या राखेका थिए । सडक, सिचाई, खानेपानी लगायतका समस्या उनीहरुले उमेद्वार डिसीलाई राख्ने गरेका छन् ।

डिसीले आफू विजयी भएपछि वडा नम्ब्बर १६ लाई नमूना वडा बनाउने बताएका थिए । उनले वडाबासीहरु विकासबाट पिछडिएको भन्दै अब विकास गर्ने जिम्मा दिन मतदाताहलाई अनुरोध गरेका थिए ।

नेपाली कांग्रेसले नै विकास गर्ने भन्दै उननिर्वाचनमा कांग्रेसलाई मत दिनएर विजयी बनाउन उनले सम्पूर्ण मतदाताहरुमा अनुरोध गरे ।

मतदातालाई भेट्न पुगेका डिसीलाई मतदाताहरुले भव्य स्वागत गर्ने गरेका छन् । मतदाताहरुको दैलोसम्म पुग्ने डिसीलाई १६ नम्बर बासी मतदाताहरुले अविर, फूलमालाले स्वागत गर्दै जितको शुभकामना दिने गरेका छन् ।

वर्तमान सरकारका क्रियाकलापबाट आफूहरु असन्तुष्ट रहेको भन्दै उनीहरुले यसपटक नेपाली कांग्रेसबाट उमेद्वार बनेका डिसीलाई मत दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*