Home / Feature Breaking news / घोराहीको दशों नगरसभा : कांग्रेस नगर समितिको आपत्ति

घोराहीको दशों नगरसभा : कांग्रेस नगर समितिको आपत्ति

दाङ, १५ पुस । घोराही उपमहानगरपालिकाले दशौ नगर सभामा छलफल नै नगरी बहुमतको आधारमा पारित गर्न खोजिएकोप्रति नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाका नगर सभापति तिलक रावतले बिहीवार विज्ञप्ति जारी गरी यस्तो जनाएका हुन् । नगर सभाको यही पुस ११ गते बसेको बैठकमा नगर सभाका सदस्यहरुले उठाएका विषयवस्तुहरु छलफल नै नगरी बहुमतको आधारमा नगर सभा सम्पन्न गर्न खोज्नु संसदीय व्यवस्थामा नै प्रहार भएको विज्ञप्तिमा भनिएको छ ।

लोकतान्त्रिक शासनको संरक्षण, सम्पूर्ण विचारको प्रतिनिधित्व विधिको शासन र समृद्ध घोराही उपमहानगरपालिका निर्माणको लागि पुनः विशेष नगरसभाको आह्वान गरी सहमतिको खोजी गर्दै छलफलको माध्यमबाट पारदर्शिता, स्वच्छता र विभेदविना नगर निर्माणका लागि विधिवतरुपमा नगरसभा सञ्चालन गर्न समेत माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*