Home / Feature Breaking news / बाजा बचाए रै जिवन यापन

बाजा बचाए रै जिवन यापन

अमरराज आचार्य

दाङ,७ असार । प्रकाश सुनाम विगत लामो समयदेखि सनै, दमा, झयाली, टयाकुली वजाउने गरेका छन् । बाजा वजाएर जम्मा भएका आम्दानीले नै उनले आफनो जिवन चलाउने गरेका छन् । अहिले उनको ३ जनाको परिवार छ । उनले सानै देखि नै सनै, दमा, झयाली, टयाकुली वजाउने गरेका छन् । ‘मैले सानैदेखि देखि नै सनै, दमा, झयाली, टयाकुली वजाउन थालेको थिएु’ सुनामले भने । जिल्लामा हुने विभिन्न समुदायको कुल पुर्जा, विवाह, पुर्जाआर्जा तथा मृत्यु संस्कारमा बाजा वजाउन जाने गरेको उनले बताए ।

बाजा वचाउनका लागि जिल्लामा उनको खोजि हुने गरेको छ । उनी सनइ, दमा, झयाली, टयाकुली वजाउनका लागि जिल्लाका विभिन्न स्थानका साथै वुटवल, पोखरा, नेपालगञ्च, काठमाण्डौ लगाएका जिल्लामा जाने गरेका छन् । सुनामले बाजा वचाएको रकम समेत नतोक्ने गरेको बताउछन् । ‘बोलाउनेहरुले आफै दिनु हुन्छ मैरो यती दिनु पर्दछ भनेर भन्दैन ’सुनामले भने । आर्थिक अवस्था राम्रो हुनेले धेरै दिने तर आर्थिक अवस्था कमजोर हुनेहरुले कम रकम दिने गरेका छन् । ‘पैसा कमाउनका लागि मात्रै भन्दा पनि संस्कृतिको संरक्षणको लागि पनि बाजा वजाउने गरेको छुु’ सुनामले भने ।

पछिल्लो समयमा युवा पुस्ताहरुले पुरानो संस्कृति छोडदै गएकोमा उनको दुखेसो छ । केही युवाहरु भने बाजा वजाउन सिक्न गरेको उनी बताउछन् । ‘केही युवाहरु बाजा वजाउन तर्फ लाग्नु भएको छ, यसले हाम्रो संस्कृति संरक्षण सहयोग मिल्ने छ’ सुनामले भने ।

उनले बाजा वजाए वार्फत दैनिक ३ हजार देखि ३ हजार ५ सय सम्मलिने गरेका छन् । बाजा वजाएर गरेको आम्दानीले घर व्यवहार चलाउने गरेको बताए । ‘दैनिक बाजा वजाउने हुदैन अन्य समयमा अन्य काम समेत गर्ने गरेको छु’ सुनामले भने ‘ ठाउँ अनुसारको बाजा वजाउनु र सवै तालको बाजा वजाउन जान्नु पर्छ ।’

उनलाइ सघाउनश्रीमती तथा छोरी समेत बाजा वचाउन जाने गरेका छन् । उनका श्रीमती दिलकुमारी परियारले पनि श्रीमान संगै बाजा वजाउन जाने गरेको बताइन । ‘मैले सवै बाजा वजाउन त जानेको छैन तर पनि जाने गरेको छु’ परियारले भनिन । आफुले अहिले दमा वजाउने गरेको बताइ । अन्य वाजा वजाउन सिक्दै गरेको उनको भनाइ छ । ‘पैसा भन्दा पनि सिप देखाउनका लागि यस प्रकारको कार्य गदै आएको छु’ परियारले भनिन । आमा वावु संग वजा वजाउनका लागि छोरी पनि जाने गरेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*