Home / भिडियो / मोडल टीका जैसीको उत्कृष्ट अभिनयमा मर्मस्पर्सी गीत ‘छोरीको बेदना’ (भिडियो)

मोडल टीका जैसीको उत्कृष्ट अभिनयमा मर्मस्पर्सी गीत ‘छोरीको बेदना’ (भिडियो)

दाङ, ७ असार

मोडल टीका जैसीले अभिनय गरेको नयाँ म्यूजिक भिडियो लोकप्रीय बनेको छ । जैसीले अभिनय गरेको छोरीको बेदनाले भरिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएसँगै लोकप्रीय बन्दै आएको छ ।

सयौँ गीतमा अभिनय गरिसकेकी टीकाको उत्कृष्ट अभिनय रहेको गीत मर्मस्पर्शी रहेको छ । छोरीले भोग्नुपरेको पिडालाई भिडियोमार्फत प्रस्तुत गरिएको छ ।

Tika 1

दुर्घटनामा परि घाईते भएकी अशक्त छोरीले आमाप्रति गरेको अनुनय विनयका शब्दलाई गीतमा समेटिएको छ । आमाप्रति आफ्नो मनको बहलाई शब्दमार्फत गीतमा प्रस्तुत गरिएको छ ।

आफू अपांग भएर जिवन बिताईरहदा आमाको हेरचाँह एवं आमाको मायाप्रति आफ्नो मनमा लागेको भावलाई गीतलाई दृष्यमा प्रस्तुत गरिएको छ ।

दुर्घटनामा परि शरिरका विभिन्न अंगले काम गर्न छोडेपछि जिउदो लासझैँ भएर बाँच्नुपरेको व्यथालाई अभिनयमा मोडल टीका जैसीले उत्कृष्ट रुपमा प्रस्तुत गर्नुभएको छ ।

Tika 2

आफू नजन्मदै खुसी परिवारमा आफू जन्मीएपछि दुःख पाएको भन्दै कर्मले ठगेको भन्दै मनको बहलाई भिडियोमा उतारिएको छ ।

बि.स्टार फिल्मस् प्रालिको प्रस्तुतिमा दुर्गा जैसीको गीत ‘छोरीको बेदना’ बोलको लोकदोहोरी गीतमा पूर्णकला बिसीको स्वर रहेको छ ।

Tika 4

शिव हमालको शब्द संगीतको गीतमा बिश्वास नेपालको एरेञ्ज रहेको गीतको म्यूजिक भिडियोमा टीका जैसी र स–परिवारको उत्कृष्ट अभिनय रहेको छ ।

विक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छायांकन, राकेश रनपलको श्रृगार र मिलन विश्वकर्माको सम्पादन रहेको छ । भिडियोको सफलताको शुभकामना ।।

भिडियो हेर्न यँहा क्लीक गर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*