घाेराही, ८ असार
घाेराही उप-महानगरपमलिकाकाे कार्यपालिका बैठक वडा अध्यक्षहरूले बहिस्कार गरेका छन् । याेजना छनाेटकालागी अाईतवार बसेकाे बैठक उपमहानगरपालिकाकाे ६ वटा वडाका अध्यक्षहरूले बहिस्कार गरेका हुन् ।
एकलाैटी ढंगले प्रक्रियाबिनाका वडासँगकाे समन्वय बिना नै वडाहरूमा याेजना ल्याईएकाे भन्दै वडा नम्बर ३, ५, ६, ८, १० र १५ नम्बर वडा अध्यक्षहरूले बैठक बहिष्कार गरेका छन् ।
३ का अध्यक्ष माधव चाैधरी, ५ का अध्यक्ष विष्णुमणी दाहाल, ६ का अध्यक्ष रेवबहादुर बुढाथाेकी, ८ का अध्यक्ष चन्द्रप्रसाद चाैधरी, १० का अध्यक्ष चित्रबहादुर डाँगी(निर्मल) र १५ का अध्यक्ष रमेशकुमार पाण्डेले अाईतवार कार्यपालिकाकाे याेजना छनाेट बैठक बहिष्कार गरेर बैठक कक्षबाट निस्कीएका हुन् ।
१५ का वडा अध्यक्षले बैठकमा समय लिएर बाेल्दै प्रकियाबिनाकाे याेजनाहरूमा अाफूहरू सहमत नभएकाे भन्दै सल्लाह सहित अाफ्नाे असन्तुष्टी राखेपछि वडा अध्यक्षहरू बैठक कक्षबाट निस्कीएका थिए ।
“सिस्टम गलत भयाे, गत साल वडाबाट नगरस्तरिय याेजना माग गरिन्थ्याे, समग्रग बजेटकाे विषयमा छलफल हुन्थ्याे” १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेले भने- “हाेटलमा गएर याेजना छान्ने अनि छलफल बिना एकैचाेटी सिलिङ ल्याउने । वडाकाे अस्तित्व छैन ?”
उनले भने- “याेजनाहरू नगर प्रमुख उपप्रमुखकाे नाम जाेडेर ल्याउन के अावश्यक छ, जनताकाे कार्यक्रम जनताकाे नाममा ल्याए हुदैँन ?”
पाण्डेले अाफूहरू हाेटलबाट छानेर ल्याएका याेजनामा सहमत नभएकाे भन्दै नाेट अफ डिसेन्ट लेख्ने जानकारी सहित बैठक बहिष्कार गरेकाे बताए ।