घाेराही, १३ बैशाख
वैशाख, ३० गते हुने स्थानीय तहको निर्वाचनकालागी पाँच दलिय गठबन्धनले घोराही उपमहनगरपालिका स्तरिय संयुक्त निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । घोराहीमा भएको गठबन्धन दलहरुका अग्रज नेताहरुको छलफलले मूल समिति गठन गरेको हो । नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्काको संयोजकत्वमा मूल समिति गठन गरिएको हो । जसको सह–संयोजकमा तुल्सी डाँगी (मिलन) रहनभएको छ । समितिको सदस्यहरुमा प्रकाश श्रेष्ठ, अजयदीप शर्मा, अभियान बस्नेत, निर्मल महरा, दुर्गा जिएम, विश्वराज आचार्य, चित्रबहादुर डाँगी (निर्मल) तिलक रावत, रमेश वली, दुर्लभ केसी, भागिदास थारु, मनिराम खनाल, बलदेव बि.क रहनुभएको छ । यस्तै प्रचारप्रसार समिति र युवा परिचालन समिति पनि गठन गरिएको छ । प्रचारप्रसार समितिको संयोजकत्वमा आर.के.शीतल र सह–संयोजकमा अजयदीप शर्मा रहनुभएको छ भने युवा पचिालन समितिको संयोजकमा महेश श्रेष्ठ र सह–संयोजकमा खिमबहादुर चौधरी रहनुभएको छ ।
छलफलले घोराही उपमहानगरपालिका स्तरिय संयुक्त राजनितिक प्रशिक्षण एवं जलपन कार्यक्रम बुधवार घोराहीमा गर्ने भएको छ । बुधवार विहान ८ बजे घोराहीको सभागृहमा कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै घोराही उपमहानगरपालिको ३ स्थान नारायणपुर, घोराही र रामपुरमा संयुक्त रुपमा बृहत सभा गर्ने निर्णय गरेको छ ।
Home / Feature Breaking news / घाेराहीमा गठबन्धनकाे मूल समिति गठन, संयाेजकमा खड्का सहसंयाेजकमा डाँगी