Home / Feature Breaking news / गठबन्धनले घोराहीका तीन स्थानमा बृहत सभा गर्ने

गठबन्धनले घोराहीका तीन स्थानमा बृहत सभा गर्ने

दाङ,१३ बैशाख । सत्ता गठबन्धनले घोराही उपमहानगरपालिकाका तीन स्थानमा बृहत सभा गर्ने भएको छ ।
यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनका लागि गठबन्धनले नारायणपुर, घोराही र रामपुरमा बृहत सभा गर्ने भएको हो ।

बुधवार घोराहीमा बसेको सत्ता गठबन्धनको घोराही उपमहानगरपालिका स्तरीय मुल समितिको बैठकले निर्वाचनमा जनपरिचनालका लागि सभा गर्न थालेको संयोजक भीमप्रकाश खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार सभालाई प्रमुख÷उपप्रमुखका उम्मेदवारसहित गठबन्धनमा आवद्ध दलका केन्द्रीय तहका नेताहरुले सम्वोधन गर्ने भउका छन् । गठबन्धनका तर्फबाट घोराही उपमहानगरपालिकाको नगर प्रमुखमा हेमराज शर्मा र उपप्रमुखमा भुपबहादुर डाँगीले उम्मेदवारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*