Home / Feature Breaking news / मंसीर २१ को निर्वाचत शान्तिपूर्ण बनाउने प्रतिवद्धता

मंसीर २१ को निर्वाचत शान्तिपूर्ण बनाउने प्रतिवद्धता

घोराही, १३ कार्तिक
दाङका सरोकारवाला निकायका प्रतिनिधीहरुले आगामी मंसिर २१ हुने संघ र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमवार घोराहीमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण बनाउने प्रतिवद्धता जनाएका हुन् ।

सहभागी राजनितिक दलहरु सँगै अन्य सरोकारवालाहरुले चुनावलाई जनताको मताधिकार सँग जोड्ने गरि भुमिका खेल्ने प्रतिबद्धता जनाएका थिए ।

सर्वदलिय तथा सर्वपक्षिय छलफलमा सहभागिहरुले सुरक्षा निकाय र दलहरुको तर्फबाट संयमता अपनाएर निर्वाचनलाई मर्यादित र अनुशासन पर्दशन गर्न सहभागीले अनुरोध गरेका थिए ।

मुख्य निर्वाचन अधिकृत हेमन्त रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख दुर्गा सिंह, नेपाली कांग्रसका जिल्ला सचिव टेकबहादुर वली, एमालेका जिल्ला अध्यक्ष टिकाराम खड्का, माओवादी केन्द्रका नेता सुवास पुन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनले भनाई राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*