Home / Feature Breaking news / सडक व्यवस्थापनमा वडा नम्बर १५ को सक्रियता

सडक व्यवस्थापनमा वडा नम्बर १५ को सक्रियता

घोराही, २० साउन
घोराही बजारका सडकहरु अस्तव्यस्त भएको गुनासो आउन थालेपछि घोराही उपमहानगरपालिका वडा नम्बर १५ ले सडक व्यवस्थापन सुरु गरेको छ । घोराही उपमहानगरपालिका एवं सरोकारवाला संघसंस्था सँगको समन्वयमा सडक व्यवस्थापनकालागी वडा कार्यालय योजना बनाउन सुरु गरेको छ । जसकालागी शुक्रवार वडा कार्यालयले विशेष छलफल कार्यक्रमको आयोजना गरेको छ । वडा

अध्यक्ष रमेशकुमार पाण्डेको विशेष पहलमा छलफल कार्यक्रम भएको हो ।
घोराही उपमहानगरपालिका, दाङ जिल्ला उद्योग वाणीज्य संघ, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ, सडक डिभिजन कार्यालय, विभिन्न टोल विकास संस्था, सम्पूर्ण यातायात समिति लगायतसँग समन्वय गरेर बजारका सडकहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको छ ।

1कार्यक्रममा सहभागीहरुले घोराहीको मुख्य सडकखण्डको कटुवाखोलादेखी तुल्सीपुर चोकसम्म सडक विस्तारको क्रममा भएको अस्तव्यस्तताले सवारी साधनदखी, पैदल यात्रु, पसल सञ्चालकहरु मरमा परेको बताएका थिए । उनीहरुले ठेकेदारको लापरवाही र सडक डिभिजन कार्यालयको उदासिनताका कारण सर्वसाधारणहरुले दुःख पाएको बताए । शीतलनगर टोल विकास संस्थाका अध्यक्ष गणेश अधिकारीले टोलको वरिपरी चारैतिर सडक विस्तार, नाली निर्माणजस्ता कार्य अस्तव्यस्त भएकाले टोलबासीहरुलाई समस्या भएको बताए । मुख्य सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले आधा काम गरेर अस्तव्यस्त बनाएको ।

सडक डिभिजन कार्यालयले कुनै चासो नदेखाएको बताए । सडक डिभिजनमा पटकपटक जानकारी गराउदा ज्ञापनपत्र बुझाउदा पनि कुनै चासो नदिएको उनको भनाई छ ।
गौतमवुद्ध टोल विकास संस्थाका अध्यक्ष मिनराज घिमीरेले उपमहानगरपालिकाको सुरुवाती झलक दिने सडक नै कुरुप बन्दै गएकाले यस्ता निर्माण कम्पनीलाई कारवाही गर्नुपर्ने बताए ।

ठेकेदार कम्पनीको लापरवाही अत्यधिक भएको भताउदै उनले ठेकेदारलाई कसले कारवाही गर्ने हो भनी प्रश्न गरे । ढल निकास, ढलमा ढकनी, बजारका पोलको सोलार बत्ति सुधार, फोहोर व्यवस्थापन, सामान लोड अनलोडको निर्धारित समय, होर्डिङ बोर्ड व्यवस्थापन, वृक्षारोपक, फुटपात व्यापार व्यवस्थापन लगायतमा उपमहानगरपालिका, वडा कार्यालय र सम्वन्धीत कार्यालयहरुले सक्रीयता देखाउनुपर्ने उनल बताए ।
स्वर्गद्धारी टोलका अध्यक्ष शिवशंकर देवकोटाले सडक सुधारमा घोराही उपमहानगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताए । सडक डिभिजन कार्यालय र निमाण कम्पनीको लापरवाहीले सर्वसाधारणहरुले दुःख पाउनुपरेको उनको भनाई छ । सडक सुधारको माग गरेर केही समय चक्काजाम गर्दा सुरक्षा निकायले आफूहरुलाई लाठी हान्न खोजेको भन्दै उनले सडक डिभिजनलाई कसले लाठी हान्ने हो भनेर प्रश्न गरे ।
सडक डिभिजन कार्यालयका प्रमुख बद्रिकुमार शर्माले सडक निर्माण ढिलो भएको स्वीकार्दै छिट्टै सडक निर्माणको काम सक्ने ठेकेदार कम्पनीले प्रतिपद्धता व्यक्त गरेको बताए । उनले लामो समयसम्म ठेकेदारले लापरवाही गरेको गुनासो सर्वसाधारणहरुबाट आएको भन्दै यो विषयमा सडक डिभिजन कार्यालय गम्भीर भएको बताए ।
कार्यक्रममा सहभागी यातायात व्यवसायीहरुले घोराहीमा पार्किङ स्थल नहुदा समस्या भएको बताए । उनीहरुले सवारी साधनकालागी पार्किङ स्थल नभएकाले समस्या भएको भन्दै बजारमा पार्किङ भएका सवारी साधनहरुलाई धमाधम कारवाही हुदा व्यवसायीहरु मारमा परेको बताए । टिकट काउण्टर जताजतै हुदाँ समस्या भएको भन्दै सबै काउण्टर बसपार्कमा व्यवस्थापन गनुृपर्ने पनि उनीहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका प्मुख नरुलाल चौधरीले घोराही नगरपालिका बोर्डमा मात्र उपमहानगरपालिका भएको भन्दै आफुहरु निवाृचीत भएर आएपछि नगरपालिकालाई उपमहानगरपालिका बनाउन लागीपरेको बताए । उनले उपमहानगरपालिकालाई नमुना बनाउनकालागी सरसफाईबाट सुरु गरिएको बताए ।

जसका कारण सरसफाईमा सुधार हुदै गएको उनको भनाई छ । सडक व्यवस्थापनमा उपमहानगरपालिका गम्भीर भएको भन्दै यसमा सबैले साथ दिन अनुरोध गरे ।
उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपानेले फुटपाथ व्यापार, अव्यवस्थीत पार्किङ, निर्माण सामाग्री सडकमा राख्ने जस्ता समास्या रहेका भन्दै यसमा सबै उक भएर लाग्नुपर्ने बताईन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारी, जिल्ला ट्रफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक ओमप्रकाश वाग्ले, दाङ जिल्ला उद्योग वाणीज्य संघका अध्यक्ष हेमराज बञ्जाडे, नेपाल यातयात महासंघका राप्ती अञ्चल प्रमुख भरतनाथ योगी, ट्रक समितिका अध्यक्ष यादव शाह, अम्वीकेश्वरी यातायत समितिका घनश्याम बस्नेत, पाण्डवेश्वरी यातायात प्रालिका अध्यक्ष सरोज शाह, घोराही नगर विकास समितिका अध्यक्ष बसन्त चौधरी लगायतले भनाई राखेका थिए ।
कार्यक्रममा बोल्दै वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले घोराहीलाई नमुना बनाउनकालागी वडाले सडक व्यवस्थापन सुरु गरेको बताए । उनले वडा नम्बर १५ क्षेत्रमा रहेका सडकहरुलाई व्यवस्थापन गर्दै सबै क्षेत्रमा नमुना बनाउने बताए ।
वडा सदस्य दिलीप डिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका ईञ्जीनियर रामधन श्रेष्ठले सडक व्यवस्थापनका समस्याको बारेमा जानकारी गराएका थिए । वडा अध्यक्ष रमेशकुमार पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण वडा सदस्य सनतकुमार श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*