Home / Feature Breaking news / आन्दोलनका क्रममा भएका फोहरलाई सरसफाई गर्दै

आन्दोलनका क्रममा भएका फोहरलाई सरसफाई गर्दै

सुरेश श्रेष्ठ

दाङ, ८ माघ
प्रदेश राजधानीको माग गर्दै गरिएको ५ दिने बन्दका क्रममा बालेको टायरको टाटा मेटाउन तुलसीपुरबासीहरुले शुरु गरेका छन् । माघ ३ गते सरकारले प्रादेशीक अस्थायी मुकाम घोषणाको तयारीको सुईको पाएका दङालीहरुले माघ २ गतेदेखि नै सडकमा उत्रिएका थिए ।

सडक संघर्ष गर्दाका बखतमा बालिएका टायर र दाउराका कारण सडकमा थुप्रिएको खरानीलाई सफाई गर्न तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष बिरेन्द्रकुमार शाहले टोलबासीलाई साथमा लिई सरसफाईमा जुट्नुभएको हो ।

जनताले प्रशासनीक पहुँचका लागि अस्थायी राजधानीको मुकाम दाङमा हुनुपर्ने दवाव स्वरुप गरिएको स्वतस्फुर्त आन्दोलनका क्रममा भएका फोहरलाई सरसफाई गर्न शुरु गरिएको अध्यक्ष शाहले बताउनुभयो ।

दङालीले मात्र होईन,स्वमय बुटवलबासीहरुलाई प्रदेशको केन्द्र दाङमा तोक्दा न्याय हुने लाग्छ,तर भएन,अव आन्दोलनका क्रममा भएको फोहरलाई सफाई गर्न जुटेको टोपबहादुर महतराले बताउनुभयो ।

दाङमा प्रादेशीक राजधानीका लागि तुलसीपुर, बिजौरी, नारायणपुर, घोराही, लमही, भालुवाङ, गढुवा, अमिलीया लगायतका स्थानमा दवाव मूलक आन्दोलन गरिएको थियो ।

तर पनि रुपन्देहीलाई प्रादेशीक राजधानीको अस्थायी मुकाम सरकारले माघ ३ गते तोकिदिएको थियो । दाङमै प्रादेशीक राजधानी मागगदै सरकारलाई पुर्न बिचार गर्न गरिएको आन्दोलनका क्रममा यातायात ठप्प गरिएको थियो भने टायर,दाउरा आदी बालेर दवाव मूलक कार्यक्रम भएका थिए ।

बिभिन्न पार्टीको प्रतिबता र आग्रहका कारण दङाली जनताले माघ ६ गते आन्दोलको स्वरुप परिर्वतन गरेको थिए । तर कुनैपनि अप्रिया घटना भने घटेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*