Home / Feature Breaking news / भारतमा एकैदिन २ हजार २ सय ९३ जनामा कोरोना संक्रमण

भारतमा एकैदिन २ हजार २ सय ९३ जनामा कोरोना संक्रमण

नयाँदिल्ली — भारतमा पछिल्लो २४ घण्टामा थप दुई हजार २ सय ९३ जनामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । भारतमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएयता पहिलो पटक एकैदिन धेरैमा कोरोना संक्रमण देखिएको हो ।

योसँगै शनिबार बिहानसम्म भारतमा ३७ हजार ३ सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ भने एक हजार २ सय १८ जनाको मृत्यु भएको छ । त्यस्तै ९ हजार ८ सय ५० जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण १३० करोड नागरिक घरभित्रै बस्न बाध्य भएका छन् । भारत सरकारले शुक्रबार फेरि लकडाउन थप २ हप्ता लम्ब्याउने निर्णय गरेको छ । भारतमा मे १७ तारिखसम्म लकडाउन लम्ब्याइएको हो ।

सबैभन्दा बढी संक्रमण महाराष्ट्र, गुजरात र दिल्लीमा देखिएको छ । शुक्रबार नै भारतको स्वास्थ्य मन्त्रालयले सक्रंमणको सघनताको आधारमा भारतका ७३३ जिल्लालाई रातो, सुन्तला र हरियो क्षेत्रमा वर्गीकरणसमेत गरेको छ । संक्रमण उच्च भएका १३० जिल्लालाई रातो, संक्रमण सीमित भएको र पछिल्ला दिनमा वृद्धि नदेखिएका २८४ लाई सुन्तला र पछिल्लो २१ दिनमा एउटा पनि संक्रमणको केस नदेखिएका जिल्लालाई हरियो क्षेत्र निर्धारण गरिएको छ । राजधानी दिल्लीका सबै ११ जिल्लालाई रातो क्षेत्र अर्थात् उच्च जोखिम वर्गीकरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*