Home / समाचार / देउखुरीको फल्कापुरमा बस दुर्घटनाः १४ बढी घाइते

देउखुरीको फल्कापुरमा बस दुर्घटनाः १४ बढी घाइते

देउखुरी, २४ चैत । देउखुरीको फल्कापुरमा बस दुर्घटना १४ जना बढी घाइते भएका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवलबाट महेन्द्रनगरतर्फ जाँदै गरेको लु १ ख ८६ ३० नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा दुर्घटना भएको हो ।

करिब ४५ जना यात्रुहरु सवार बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको नाम, ठेगाना यो समाचार तयार पार्दासम्म खुल्न सकेको छैन । घाइते सबैको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस सडकदेखि करीब २० मिटर तल खसेको छ । बस दुर्घटनाबारे थप विवरण आउँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*