Home / प्रदेश समाचार / कोभिड अक्सिजन बैंकलाई १ लाख वढी सहयोग

कोभिड अक्सिजन बैंकलाई १ लाख वढी सहयोग

दाङ, १९ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघले थालेको कोभिड अक्सिजन बैंक एक हजार अभियानमा सुरक्षित कुखुरा तथा दाना ब्यबसायी समितिले १ लाख २ हजार ४ सय २४ रुपैया प्रदान गरेको छ ।

संघका महासचिब तथा सुरक्षित कुखुरा तथा दाना ब्यबसायी समितिका उपाध्यक्ष महेन्द्र बुढाथोकी, सुरक्षित कुखुरा तथा दाना ब्यबसायी समितिका समितिका अध्यक्ष निमबहादुर बुढाथोकी र सल्लाहकार तथा पोल्ट्री बजार ब्यबस्थापन समितिका केन्द्रिय सदस्य पारस बस्नेतको पहलकबाट घोराही उपमहानगर क्षेत्रभित्र पोल्ट्री ब्यबसायसँग आबद्ध ब्यबसायीहरुबाट सङकलन भएको रकम उद्योग वाणिज्य संघलाई हस्तान्त्रण गरिएको हो ।

समितीले संघका अध्यक्ष टंकसिंह बुढाथोकीलाई १ लाख २ हजार ४ सय २४ रुपैया प्रदान गरेको हो । संघले थालेको हरेक अभियानमा सरिक भै सहयोग प्रदान गरेकोमा समितीलाई संघले धन्यावाद दिएको छ । यस अभियानमा मनकामना पोल्ट्री फिड सप्लायर्सका सञ्चालक पारस बस्नेतबाट ५ हजार १ सय, टीका दाना सप्लायर्सका सञ्चालक तथा समितिका अध्यक्ष निमबहादुर बुढाथोकीबाट ५ हजार १ सय, किसान फिड इन्डष्ट्रीजका सञ्चालक तथा समितिका कोषाध्यक्ष रुपक थापाबाट ५ हजार १ सय , राप्ती भेट फर्माका सञ्चालक तथा समितिका प्राबिधिक सल्लाहकार आनन्दकुमार चौधरीबाट ५ हजार १ सय ५ सहयोग भएको छ ।

त्यसैगरी न्यु भण्डारी पोल्ट्री फिड सप्लायर्सका सञ्चालक तथा समितिका सचिब चन्दन भण्डारीबाट २ हजार ५ सय, साझा पोल्ट्री फिड सप्लायर्सका सञ्चालक तथा समितिका सदस्य रोशन खड्काबाट २ हजार ५ सय, आचार्य पोल्ट्री सप्लायर्सका सन्चालक तथा समितिका सदस्य दिपक आचार्यबाट ५ हजार ५ सय, भ्याली फ्रेस हाउसका सञ्चालक वीरबहादुर रावतबाट ६ हजार १ सय सहयोग भएको समितिले जनाएको छ ।

त्यसैगरेर सन्तोष पोल्ट्री फिड सप्लायर्सका सञ्चालक सन्तोष गिरिबाट ५ हजार १ सय, दुर्गा माता पोल्ट्री सप्लायर्सका सञ्चालक जनक केसीबाट ५ हजार ५ सय ५५ रुपैया, कर्मज्योती ट्रेडर्सका सञ्चाकल बिमल बुढाबाट ६ हजार ५ सय, सनराइजिङ सप्लायर्सका सञ्चालक कुम्भकर्ण बुढाबाट ५ हजार १ सय बिजय सप्लायर्सका सञ्चालक लेखराज डिसीबाट ५ हजार १ सय, मनकामना माछा फर्म तथा पोल्ट्री फिड सप्लायर्सका सञ्चालक दिपक रावतबाट ५ हजार १ सय, आर एन पोल्ट्री फिड सप्लायर्सका सञ्चालक मनोज केसीबाट ५ हजार ५ सय ५५ रुपैया, धिताल पोल्ट्री फिड सप्लायर्सका सञ्चालक रुद्र शर्माबाट ५ हजार १ सय सहयोग भएको छ ।

त्यसैगरी जानका मिट सप्लायर्सका सञ्चालक सन्तोष केसीबाट २ हजार, महरा फ्रेस हाउसका सञ्चालक पुरण महराबाट २ हजार ५ सय भण्डारी,पोल्ट्री फिड सप्लायर्सका सञ्चालक तिलक भण्डारीबाट २ हजार ५ सय, शिव एग्रोभेटका सञ्चालक टोपाराम खनालबाट ५ हजार १ सय ५ रुपैया, रामपुर सप्लायर्सका सञ्चालक दिनेश खड्काबाट ५ हजार १ सय ५ रुपैया, बस्नेत कुखुरा तथा दाना सप्लायर्सका सञ्चालक दिपेश बस्नेतबाट ५ हजार १ सय सहयोग भएको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*