दाङ, १९ कार्तिक
दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका प्रतिनीधी सभा सदस्यका उमेद्वार राजु खनालले कला संस्कृतिका रुपमा दाङलाई समृद्ध बनाउने बताउनुभएको छ ।
दाङ कला संस्कृतिले भरिपूर्ण जिल्ला भएकाले सांस्कृतिक रुपमा समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
हालै सम्पन्न लिटिल मिस नेपाल २०७४ की विजेता दंगाली बाल कलाकार याङ्सु श्रेष्ठलाई बधाई ज्ञापन सँगै सम्मानकालागि उत्सर्ग फिल्मस् प्रालिले घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै युवा नेता खनालले विभिन्न जातजातिको कला संस्कृतिलाई संरक्षण गर्दै यसको विकासकालागि आफूले भूमीका खेल्ने बताए ।
‘दाङ कला र संस्कृतिमा अगाडी रहेको जिल्ला हो’ खनालले भने–‘ती कला संस्कृतिकलाई संरक्षण र विकास गर्दै यो क्षेत्रमा जिल्लालाई समृद्ध बनाउन आवश्यक छ र म यसतर्फ लागिपरेको छु ।’
कला क्षेत्रले दाङलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाएको भन्दै उहाँले यसतर्फ लागेका कलाकारहरुलाई स्थाईत्व दिन अहिलेको आवश्यकता भएको बताउनुभयो ।
कला र खेल क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनकालागि आफू लागिपरेको पनि खनालको भनाई छ ।
उत्सर्ग फिल्मस् प्रालिका संयोजक केएल पिडीतको अध्यक्षतामा कार्यक्रम भएको थियो ।