दाङ, १९ कार्तिक
आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा निर्वाचनकालागि नेपाली कांग्रेस दाङ साविक क्षेत्र नम्बर ३ ले विभिन्न समितिहरु गठन गरेको छ । क्षेत्रीय समितिको आज आईतवार बसेको बैठकले मूल समिति एवं उपसमितिहहरु गठन गरेको हो ।
बैठकले ६ हजार ५ सय ५१ सदस्यीय प्रचारप्रसार मूल समिति गठन गरेको छ । जसको संयोजकमा क्षेत्रीय सभापति भुपबहादुर डाँगी र सहसंयोजकमा साविक क्षेत्र नम्बर २ का सभापति गिरिराज सुवेदी रहनुभएको छ ।
यस समितिको सदस्यहरुमा यस क्षेत्रका महासमति सदस्य, महाधिवेशन प्रतिनीधी, जिल्ला समितिका पदाधिकारी एवं सदस्य, क्षेत्रीय, नगर, गाँउ, वडा समिति, भातृ संघ संगठन, सुवेच्छकु संघसंस्था, एवं क्रियाशील सदस्यहरु रहने छन् ।
क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षतामा बसेको बैठकले विरकेशरी गौतम संयोजक रहेको अनुगमन समिति, तिर्थराज ज्ञवाली संयोजक रहेको सल्लाहकार समिति गठन गरिएको छ ।
यस्तै रेवतिरमण भट्टराई संयोजक रहेको कानुनी परामर्श उपसमिति, भगतसिंह भण्डारी संयोजक रहेको यातायात व्यवस्थापन उपसमिति, आर.के.शीतल संयोजक रहेको सञ्चार व्यवस्थापन उपसमिति, तरुण दल दाङका जिल्ला उपाध्यक्ष विमलमान श्रेष्ठ संयोजक रहेको युवा परिचालन उमसमिति, राजेन्द्र दाहाल संयोजक रहेको सांस्कृति उपसमिति गठन गरेको छ ।
क्ष्ोत्रीय बैठकले क्षेत्र नम्बर २ कालागि घोराही, नारायणपुर, विजौरी र बंगलाचुली गाँउपालिकाको कमिरेचौर गरि ४ स्थानमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको सचिव कमल गौतमले जानकारी दिनुभयो ।