Home / Feature Breaking news / घोराहीमा अटोमेटिक पेस्तोलसहित एकजना पक्राउ

घोराहीमा अटोमेटिक पेस्तोलसहित एकजना पक्राउ

दाङ, ३१ भदौ । जिल्ला प्रहरी कार्यालय दाङले युएसए अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ वस्ने २७ बर्षिय बिरबहादुर चौधरीलाई शनिवार (हजो) घोराही–१५ बुद्धि पार्टी प्लेस नजिकैवाट पेस्तोलसहित हिडिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।police
जिल्ला प्रहरी कार्यालय दाङले आइतवार पत्रकार सम्मेलनको आयोजना गरि चौधरीलाई सार्वजनिक गरेको हो । हतियार बोकेर हिडिरहेको अवस्थामा पक्राउ गरिएको हो । सुचनाका आधारमा पक्राउ गरि खानतलास गर्दा ७ दशमलव ६५ क्यालिभर पेस्तोल र त्यसमा लाग्ने एक थान म्याग्जीन र चार साउण्ड गोली समेत वरामत गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले जानकारी दिए । साथै प्रहरीले उनी चडेको रा ४ प २४६६ नम्बरको पल्सर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

प्रहरी बनाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ
यसैबीच जिल्ला प्रहरी कार्यालयले प्रहरीमा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिहरुबाट लाखौ रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । सल्याद शारदा नगरपालिका–३ बडाखोला बस्ने गणेश भण्डारीलगायतका व्यक्तिहरुलाई नेपाल प्रहरीको भगौडा भएको खाली सिपाही पदमा भर्ती गराईदिन्दै भन्दै ठगी गर्ने दोलखा भिमेश्वर नगरपालिका वडा नं १ चरिकोट घर भई काठमाडौं वस्दै आएका कालिबहादुर लामालाई पक्राउ गरेको छ ।dd

लामालाई सिआइवीको सहयोगमा भदौ २७ गते काठमाडौबाट पक्राउ गरिएको शर्माले बताए । उनले विभिन्न व्यक्तिहरुलाई प्रहरीमा भर्ती गराइदिने भन्दै प्रतिव्यक्तिबाट करीव २ लाख ५० हजार रुपैयाँ बुझ्ने गरेको प्रहरीमा निवेदन परेको छ ।
उनी निवृत्त प्रहरी समेत हुन् । साथै लामाले मेटोसिटी सेकुरेटी कम्पनी समेत चलाउदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*