दाङ, ३ फागुन
दाङ जिल्ला उद्याेग वाणिज्य संघकाे आयाेजनामा हिजाेदेखी घाेराहीमा सुरू भएकाे “छैठाै कृषि, पर्यटन तथा व्यापार महाेत्सव २०८१” मा चर्चीत कलाकारहरूकाे प्रस्तुति सुरू भएकाे छ । महाेत्सवकाे दाेस्राे दिनदेखी राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे प्रस्तुति सुरू भएकाे हाे ।
‘उद्याेग, व्यापार, कृषि एवं पर्यटनकाे विकास, परनिर्चरमुखी अर्थतन्त्रकाे निकास’ भन्ने मूल नाराकासाथ आयाेजना गरिएकाे महाेत्सवमा दाेस्राे दिन शनिवार चर्चीत कलाकार राजनराज शिवाकाेटी, रीता के.सी, अनु अधिकारी लगायतले प्रस्तुति राख्नुभएकाे थियाे । गायक राजनराज शिवाकाेटीले कराेड क्लबमा रहेका दर्जन बढि गीतहरू प्रस्तुत गरेका थिए ।

उनले सुर्के थैली खाेई, पूर्व पश्चिम रेल, सीओडब्लू काउ, गुलेलीले हानाैँ कि, चेप्टे चेप्टे पिरूंगाे, गाेजीमा दाम छैन लगायतका गीतहरू प्रस्तुत गरेका थिए ।
गायिका रीता केसीले जाउला कान्छी जलजला, जाेडी छ झकास, भन के के गर्नुपर्छ तिम्राे साथ पाउनलाई, सुन त ए कान्छी लगायतका आधा दर्जन बढि गीतहरू प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रमकाे सहजिकरण गायक चन्द्र शर्माले गर्नुभएकाे थियाे ।
आईतवार प्रकाश दुतराज आउने महाेत्सवमा आईतवार कलाकारहरू रीता थापा, चन्द्र शर्मा, प्रकाश दुतराज, अपेक्षा गिरी, घनश्याम केसी, सन्दीप सेञ्चुरी, रचना चाैधरी, उमा खनाल लगायतकाे प्रस्तुति रहने छ ।
RaptiSandesh RaptiSandesh