Home / Feature Breaking news / दाङमा शिक्षकहरूको क्षमता विकास कार्यशाला सम्पन्न

दाङमा शिक्षकहरूको क्षमता विकास कार्यशाला सम्पन्न

शिक्षक संघ महिला विभाग दाङको आयोजनामा दाङको घोराहीमा शिक्षकहरूको पेशागत सहजीकरण तथा क्षमता विकाससम्बन्धी कार्यशाला सम्पन्न भएको छ।

नेपाल शिक्षक संघ महिला विभाग दाङकी संयोजक चित्रकला आचार्यको अध्यक्षतामा एव नेपाल शिक्षक महासङ्घ राष्ट्रिय कार्यसमितिकी उपमहासचिव सुशीला सुवेदीको प्रमुख आतिथ्यता तथा सम्पन्न कार्यक्रममा दाङ जिल्लाका १० वटै स्थानीय तहबाट करिब ८० जना शिक्षकहरू सहभागी भएका थिए।

कार्यशालाले शिक्षकहरूको पेशागत दक्षता विकास र संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने नेपाल शिक्षक संघ महिला विभाग दाङकी सचिव लक्ष्मी न्यौपानेले बताउनुभयो ।

कार्यशालामा शिक्षा विकास तथा समन्वय इकाई दाङका शिक्षा अधिकृत तिलकराम बन्जाडे र नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य तिलक केसीले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघका अध्यक्ष प्रकाश डाँगीले शिक्षकहरूले समयअनुसार अपडेट हुनुपर्ने र आफ्नो पेशागत जिम्मेवारी दत्तचित्त भएर पूरा गर्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै नेपाल शिक्षक महासङ्घ दाङका अध्यक्ष युवराज बस्नेतले शिक्षकको हकहितका लागि राज्यसँग नेपाल शिक्षक महासङ्घमार्फत निरन्तर वार्ता र सहमतिका माध्यमबाट अधिकार स्थापित हुँदै आएको कुरा प्रस्तुत गर्नुभयो।

प्रमुख अतिथि सुशीला सुवेदीले शिक्षकहरू कहीँ कतै बिचलित नभई एकजुट भई संगठनमार्फत अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। नेपाल शिक्षक संघ दाङका सदस्य बिमला उप्रेतीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ महिला विभाग दाङकी सचिव लक्ष्मी न्यौपानेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*