Home / Feature Breaking news / उपभोक्तालाई खानेपानीको सहज उपलव्धताका लागि मेरो उम्मेदवारी : श्रेष्ठ

उपभोक्तालाई खानेपानीको सहज उपलव्धताका लागि मेरो उम्मेदवारी : श्रेष्ठ

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको नयाँ नेतृत्वका लागि यहि असार २५ गते शनिवारका दिन निर्वाचन हुँदैछ । निर्वाचनमा गठबन्धन र संयुक्त प्यानल गरेर दुई वटा समूह चुनावी मैदानमा छन् । नेपाली कांग्रेस,नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा समन्वय समितिको समर्थन गठबन्धनका उम्मेदवार देवीबहादुर डिसी प्यानललाई रहेको छ । सोही प्यानलबाट सचिव पदका उम्मेदवार हुन धर्मेन्द्र श्रेष्ठ । सचिव पदका उम्मेदवार श्रेष्ठसँग घोराही खानेपानीको वर्तमान अवस्था, चुनौति र भावी योजनामा केन्द्रीत रहेर गरिएको कुराकानी प्रस्तुत छ ।

तपाईको उम्मेदवारी किन ?

मूलतः घोराहीका सम्पूर्ण उपभोक्ता ज्युहरुलाई खानेपानीको सहजता कसरी बनाउन सकिन्छ ? भन्ने मेरो मुख्य चिन्तन र चासोको बिषय हो । बिगतको मेरो यो संस्थासंगको आवद्धताका क्रममा खानेपानीका केहि समस्याहरुको पहिचान, ति समस्याको समाधानका उपाय खोज्ने अवसर मेरा लागि प्राप्त भयो ।

खानेपानीको उपलब्धताका बिषयमा हामीहरुले धेरै हदसम्मका समस्याहरुलाई समाधान गरेका छौँ । बिगतमा घोराहीबासीहरुले पानीखानी नपाएका समस्याहरु हाम्रा सामु थिए । थुप्रै उपभोक्ताहरु पानीको माग गर्दै डेलिगेशन आएका उदाहरणहरु पनि हाम्रा सामु थिए । त्यो बेला ट्यांकर पठाएर खानेपानीको व्यवस्थापन पनि हामीले गर्यौँ । तर अहिले त्यो क्रम घटेको छ । भलै एकाध टोलहरुमा ती समस्या नभएका भने हैनन् ।

फलतः घोराही बासीहरुलाई कसरी सहज रुपमा पानी खुवाउन सकिन्छ ? २४ सै घण्टा पानीको सहज उपलब्धताका लागि कसरी काम गर्न सकिन्छ ? मेरो आगामी योजना र सोँच यहि नै हो । फलतः समग्रमा घोराहीका उपभोक्ताहरुलाई सहज रुपमा खानेपानी उपलब्ध गराउनु नै मेरो उम्मेदवारीको प्रमुख उदेश्य हो ।

कसरी उपलब्ध गराउने ? के छ योजना ?

मैले अघि पनि भनेँ घोराहीमा खानेपानीको समस्या निर्मूल भैसकेको अवस्था हैन । भलै उल्लेख्य सुधार भएको हो । हिँजोका दिनमा जति समस्याहरु थिए, अहिले पनि केहि अंका बाँकी छन् नै ।

घोराहीको खानेपानीको समस्यालाई दिर्घकालीन रुपमा समाधानका लागि एउटा बृहत आयोजना भनेको बबई लिप्टिङ आयोजना नैै हो । जुन आयोजना हाम्रो अघिल्लो कार्यकालमा पास भएर अब निर्माणको प्रकृयामा जाने अवस्थामा छ । यसको डिपिआर भैसकेको छ ।

अनि टेस्टिङ बोरिङको कामपनि भैसकेको छ । । यो आयोजना आगामी ४० बर्षका लागि पर्याप्त पानी पुर्याउने बलियो आधार बन्ने छ । अहिलेको घोराहीमा पानीको जुन उपलब्धता छ, यो अहिलेका लागि सहज मानिएको छ । तर पानीको यो मात्राले केहि बर्षपछि घोराहीको पानीको मागलाई थेग्न सक्ने अवस्था रहन्न । किन पनि भने घोराहीमा बढ्दो शहरीकरण संगै घरधुरीहरु थपिने क्रम बढेको बढ्यै छ ।

फलतः हिँजोको हाम्रो योजना अन्तर्गत अहिले उपलब्ध हुँदै आएको पानीले भोलीको त्यो मागलाई थेग्न सक्ने कुरा त भएन । फलतः बबई लिफ्टिङ आयोजना घोराही क्षेत्रको खानेपानीका लागि बृहत आयोजना बन्ने छ । यस अलावा घोराही क्षेत्रको पानीको स्रोतको खोजी पनि अर्को महत्वपूर्ण पाटो हो । फलतः घोराही क्षेत्रमा खानेपानीको सहज उपलब्धताका लागि गर्न सकिने हरेक प्रयत्नहरु गरेर घोराहीका बासिन्दाहरुले २४ सै घण्ट पानी खान पाउने वातावरण बनाईनु पर्छ र मेरो उम्मेदवारी यसैको उपहज हो ।

बिगतको तपाईको संस्थासंगको आवद्धताले खानेपानीको क्षेत्रमा गरिएको कामलाई कसरी मूल्यांक गर्नुहुन्छ ?

हिँजोको दिनमा पनि मैले यो संस्थामा रहेर घोराहीकै खानेपानीलाई कसरी सहज बनाउने भन्ने बिषयमै काम गरेँ । हिँजोको हाम्रो नेतृत्वको संयुक्त प्रयासमै बिद्यमान केहि ठूला समस्याहरु समाधान भएका पनि छन् ।

मलाई के लाग्छ भने हिँजो घोराहीका बासिन्दाहरुले जसरी खानेपानीको अभाव झेल्नु परेको थियो, उहाँहरुलाई पानी माग्दै डेलिगेशन आउनु पर्ने बाध्यता थियो । त्यो समस्यालाई अहिले धेरै हद सम्म कम गरेर लगिएको छ । हाम्रो संयुक्त पहलमै भएको यो कामले मलाई संस्थामा रहेर काम गर्दाको सुखद अनुभुत दिलाउँछ । तर यो नै पुरापुर हैन ।

मैले अघि पनि भनेँ, कि समस्याका केहि अंशहरु अहिले पनि बाँकी छन् नै । ती समस्याहरुलाई समाधान गर्दै घोराहीमा २४ सै घण्टा पानीको उपलब्धता गराउन सकिन्छ ? भन्ने अबको हाम्रो मुल एजेण्डा बन्नु पर्छ र सोही एजेण्डा पुरा गर्नका लागि मैले आफूलाई संस्थामा पुनः दोहोर्याउने योजनामा छु ।

जित्ने आधारहरु के के देख्नु हुन्छ ?

म यो संस्थामा यो भन्दा अघि दुई कार्यकाल आवद्ध भैसकेको छु । यो दुई कार्यकाल सदस्य बनेर काम गर्दा मैले घोराहीमा खानेपानीको समस्याका बारेमा मात्रै हैन, ति समस्याहरुको पहिचानको बाटो पनि खोजेँ । अध्यक्ष देबीबहादुर डिसी ज्यूसंग सहकार्य गर्ने अवसरले मलाई खानेपानीको क्षेत्रमा काम गर्ने सिकाई प्राप्त पनि भयो ।

सिकाईसंगै पानीको समस्या समाधानका लागि उपायहरुको खोजी गर्ने कौशलता पनि मिल्यो । यसर्थ मैले दुई कार्यकाल यो संस्थामा रहेर घोराही क्षेत्रको खानेपानीकै बिषयमा काम गर्ने अवसर प्राप्त गरेँ । मैले यहाँ रहेर काम गदै गर्दा मेरो कामको मुल्यांकन पक्कै पनि उपभोक्ता ज्यूहरुले गर्नुभएकै छ होला । सायदै उपभोक्ता ज्यूहरुको यहि मुल्यांकनकै कारण पनि मलाई उहाँहरुले नै पुनः संस्थामै रहन अँझ उपल्लो पदमा पदासिन हुनका लागि आग्रह अनुरोध पनि गर्नु भयो । यो म प्रति, मेरो काम प्रतिको उपभोक्ताहरुको सप्रेम हो भन्ने मलाई लाग्छ ।

म एउटा व्यक्ति उठेको हुँ ।मेरो जीतका लागि सबै उपभोक्ता ज्युहरुको अपार प्रेम, सद्भाव र सहयोग नै अपरिहार्य हो । म बिश्वस्त छु, मलाई समग्र उपभोक्ता ज्युहरुको त्यो प्रेम, सद्भाव र सहयोग मिल्ने छ र म घोराही खानेपानीको सचिवमा निर्वाचित हुने छु । खानेपानीको क्षेत्रमा कटिवद्ध रहेर काम गर्ने प्रणसहित सबै आम उपभोक्ता ज्युहरुलाई मेरो अनुरोध छ ‘मलाई तपाईहरुले अमूल्य मतले बिजयी बनाईदिनु होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*