Home / Feature Breaking news / फर्निचर उद्योगमा लागेको आगो नियन्त्रण, सात करोड बढीको क्षति अनुमान

फर्निचर उद्योगमा लागेको आगो नियन्त्रण, सात करोड बढीको क्षति अनुमान

घोराही, ८ कार्तिक । दाङको घोराहीमा फर्निचर उद्योगमा लागेको आगो आठ घण्टापछि नियन्त्रणमा आएको छ । घोराही उपमहानगरपालिका–१५ स्थीत उमेशमार्गमा रहेका तीन वटा फर्निचर उद्योगसँगै एउटा खाजाघरमा राती साढे १२ बजेदेखि लागेको आगलागी विहान साढे सात बजेतिर नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीका कारण उमेश मार्गमा रहेका न्यू दाजुभाई फर्निचर उद्योग, दाजुभाई फर्निचर उद्योग र स्टार फर्निचर उद्योगसँगै एक खाजाघरमा पनि क्षति भएको घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेशकु्मार पाण्डेयले जानकारी दिनुभएको छ । वडा अध्यक्ष पाण्डेका अनुसार आगलागीका कारण ३ वटा फर्निचर उद्योग पूर्ण रुपमा र अन्य दुई वटा पसल आंसिक रुपमा क्षति भएको बताउनुभयो ।

फर्निचर उद्योगमा आगो लागेर निस्सासिएपछि आफु बिउझ्एिर थाहा पाएको पीडित व्यवसायी दाजुभाई फर्निचर उद्योगका सञ्चालक रुपलाल ठाकुरले जानकारी दिनुभएको छ । उहाँका अनुसार रातीको समयमा विद्युत तार सट भएर उद्योगमा आगलागी भएको थियो । ‘हामी सुत्दा दिपावली बत्ति निभाएर सुतेका थियौ । राती एक्कासी धुवाले निस्सासिएर बिउझ्एिपछि उद्योगमा आगो लागेको रहिछ भन्ने थाहा भयो’,संञ्चालक ठाकुरले भन्नुभयोे,‘आफुले थाहा पाएपछि बाहिरको ढोका खोलेर सुतेका कामदारहरुलाई उठाएको थिए । जसले गर्दा मानविय क्षती हुन पाएन ।’

सुरुमा राती एक बजेसम्म एउटा मात्रै फर्निचर उद्योगमा लागेको आगो दमकल ढिला आउँदा तीन वटा फर्निचर उद्योगमा क्षती हु्न पुगेको सञ्चालक ठाकुरले बताउनुभयो । ‘समयमै दमकल आएर पानी हालेको भए सायद यति ठुलो क्षती हुने थिएन होला’,उहाँले भन्नुभयो,‘तर घोराही बजारमै दमकल आउन ढिला हुँदा ठुलो क्षती हुन पुग्यो ।’ उहाँका अनुसार स्टार फर्निचर उद्योगबाट लागेको आगो दाजुभाई फर्निचर हुँदै न्यू दाजुभाई फर्निचर उद्योगमा लागेको थियो ।

आगो नियन्त्रणका लागि घोराही उपमहानगरपालिकाको दमकलसँगै तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका गरी तीन वटा दमकलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालक गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अनुमानित सात करोड बढीको क्षती भएको पीडित व्यवसायीहरुले बताएका छन् । प्रहरीले भने आगलागीको बास्तविक क्षतीको विवरण संकलन भैरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*