Home / Feature Breaking news / प्रदेशसभाका उमेद्वार खनालद्वारा घोराहीको आगलागी घटनाप्रति दुःख व्यक्त
फाईल तस्वीर

प्रदेशसभाका उमेद्वार खनालद्वारा घोराहीको आगलागी घटनाप्रति दुःख व्यक्त

घोराही, ८ कार्तिक

नेपाली कांग्रेसका नेता एवं प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ (क) का उमेद्वार राजु खनालले सोमवार राति घोराहीमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

खनालले पत्रकारहरुसँग कुरा गर्दै लक्ष्मीपूजाको राति घोराही उपमहानगरपालिका वडा नम्बर १५ सहिद उमेश मार्ग रोडमा रहेको फर्निचर उद्योगमा भएको आगलागीप्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले हिन्दुहरुको महान् पर्व शुभ–दिपावलीको संघारमा यस्तो घटना घट्नुले आफूलाई अत्यन्तै दुखीत् बनाएको बताउनुभयो ।

आगलागीबाट ६५ बढि मजदुर कार्यरत तीन वटा फर्निचर उद्योग, खाजाघरमा पूर्ण रुपमा जलेर करडौँको क्षति हुनु र वरिपरिका घरहरुमा पनि ठुलो क्षति हुनु दुखद् भएको भन्दै खनालले आगलागी नियन्त्रणकालागी भूमीका खेल्ने घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, जनप्रतिनिधीहरु, सुरक्षाकर्मी, उद्योगी व्यवसायी एवं सर्वसाधारणहरुमा अनुरोध पनि गर्नुभएको छ ।

साथै उहाँले आगलागी पिडीतहरुलाई राहतको व्यवस्था गर्न सरोकारवालाहरुसँग अनुरोध गर्नुभएको छ ।
सोमवार राति भएको आगलागीबाट दाजुभाई फर्निचर उद्योग, न्यू दाजुभाई फर्निचर उद्योग र स्टार फर्निचर उद्योगसँगै सटेको एक खाजाघरमा पूर्ण रुपमा क्षति हुनु र वरिपरिका घरहरुमा पनि ठुलो क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*