Home / Feature Breaking news / लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्री र घोराहीका मेयरलाई प्रवासबाट पत्र

लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्री र घोराहीका मेयरलाई प्रवासबाट पत्र

हिन्दु धर्मालम्वीहरुको ठुलो पर्व तिहार संघारमा छ । लगतै निर्वाचन आउँदै छ । निर्वाचनका लागि दलहरु विभिन्न आश्वासन बाड्दै जनतासँग मत माग्दैछन् । समयको क्रम अनुसार भएका विकास निर्माणका राम्रा कामहरु आफुले गरेको समेत जनता माझ दावी गरिरहेका छन् ।

यसै सन्दर्भमा दाङ जिल्लाको सदरमुकाम घोराहीमा कार्तिक ८ गते विहान आगलागीबाट व्यवसायीहरुले ठुलो क्षती व्यहोर्नु परेको छ । जुन क्षेत्र लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोख्रेलको निर्वाचन क्षेत्र हो । २०७४ सालको निर्वाचनमा पोख्रेल यहि क्षेत्रबाट निर्वाचित भएर लुम्विनी प्रदेशको मुख्यमंत्री पद पाउँदा पनि आफ्नो विजयी क्षेत्रमा सामान्य आगलागी हुँदा समेत रोकथामका लागी अग्नी नियन्त्रण गर्ने पर्याप्त स्रोत, साधन उपलब्ध गराउन सक्दैनन् भने फेरि अब हामीले उनीबाट अरु विकास के को आश राख्ने रुकेका लागी उनीलाई आफ्नो अमुल्य मत दिएर जिताउने ?

त्यसैले अब प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं। २ बाट उम्मेदवार बनेका उनलाई मतदाताले आउने निर्वाचनमा आफ्नो अमुल्य मतबाट बाहिष्कार गर्नुपर्छ । हेक्का रहोस नाई त फेरि दाङ जिल्ला विकासको तुलानामा अरु ५ वर्ष पछि धकेलिने छ । त्यसको ज्वलन्त उदाहरण मंगलवार आज राती घोराहीमा भएको आगलागी घटनाले प्रष्ट पारेको छ । जुन घटना एकदमै दुःखद् छ ।

पीडित फर्निचर व्यवसायीहरु माथी स्थानीय सरकारले केही राहातको प्याकेज उपलब्ध गराईयोस भन्दै आगामी दिनमा यस्ता घटनाहरुमा क्षती न्यूनीकरणका लागी घोराहीका नगर प्रमुख ज्यूको समेत ध्यानाकर्षण गराउँद छु । बितेको ५ वर्ष जस्तै समय बिताउने काम तपाईबाट नहोस भन्नी अपेक्षा जनताले गरेका छन । कृपया निद्राबाट विउझिएर जनताको जन–धनलाई पहिलो प्राथमिकतामा राखेर काम गरिदिनु होला नगर प्रमुख ज्यू ।

नाम– रविन भण्डारी
ठेगाना– दाङ,तुलसीपुर
हाल– अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*